वैदेशिक रोजगार विभागका नायब सुब्बा घुससहित पक्राऊ

12.8K
shares
Nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नायब सुब्बालाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई ३० हजार रुपैयाँ घुस/रिसवतसहित नियन्त्रणमा लिएको हो ।

 

पाण्डेले बैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा भेटिएका हुन् ।

 

पाण्डेलाई उनकै कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेका आयोगले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x