सामाजिक सञ्जालमा भाइरल को हुन यी दुई बालक?

काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला दुई बालक वैदेशिक राजेगारीको सिलसिलामा विदेश जान लागेको भन्दै फोटो भाइरल बनेको छ।

यति सानै उमेरमा उनीहरु कसरी किन विदेश जान लागेका होलान भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको छ।

फोटोमा देखएिका उनीहरु रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली रहेको पाइएको छ।

उनीहरु मलेसिया जाँदैगर्दा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदा हुने बेला खिचिएको फोटो भाइरल बनेको हो।

गरिबीको चपेटाबाट माथि उठ्न र परिवार पाल्नकै लागि उनीहरु विदेश गएको पाइएको छ।

उनीहरूको कलिलो अनुहारले १८ वर्ष पूरा पनि भएका देखिँदैन।

स्थानीयकाअनुसार उनीहरूले भर्खरै १६ वर्ष टेके। तर विदेश जानकै लागि उमेर बढाएर नागरिकता लिएका थिए।

बुधबार मलेसिया उडेका उनीहरुले भोलिपल्ट बिहीबारबाटैकाम थालेका छन्। उनीहरुले पोल्टीफर्ममा काम थालिसकेका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro