युरोप पठाईदिन्छु भन्दै ६ लाख ठगी, एक जना पक्राउ

16.1K
shares
Nabil bank

काठमाडौं । साइप्रस पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइप्रस पठाईदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा कञ्चनपुर भिमदत्त नगरपालिका ६ घर भई काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वर बस्ने ३० वर्षीय विनोद लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लुहारले १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने गरी वर्किङ भिषामा साईप्रसको प्रतिष्ठित होटलमा काम लगाइ दिन्छु भन्दै पीडितबाट उक्त रुपैयाँ लिई ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाईएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x