पाटा नेपालद्वारा फुटसल प्रतियोगिता २०२३ सम्पन्न

Ghorahi cement

काठमाडौं।प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) सँगको सहकार्यमा पाटा–एलए फुटसल प्रतियोगिता २०२३ यही जनवरी ९ देखि ११ सम्म ललितपुरको हात्तीवनस्थित एलए फुटसल मैदानमा प्रतियोगिता सम्पन्न गरेको छ ।  

५ औं पाटा युथ ट्यालेन्ट क्वेस्ट अन्तर्गत पाटा नेपालमा आबद्ध सदस्यहरुबीच नेटवर्किंग, पुरस्कार र पहिचान को अवसरहरु प्रदान गर्ने र सम्बन्ध–संजाल अभिवृद्धि गर्ने ऊद्देश्यका साथ् आयोजित फुटसल प्रतियोगितामा सोल्टी होटल, गेट, मिड–भ्याली इन्टरनेशनल, ग्लोबल कलेज इन्टरनेशनल, नाथम, आई एस टी, एलएसीएम लगायत पाटा नेपालका सदस्यसंस्थाहरूबाट नौं वटा टोलीहरुले सक्रिय सहभागिता जनाएका थिए ।

प्रतियोगिताको फाइनलमा इन्टरनेशनल स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (आए एस टी) लाई पराजित गर्दै लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट (ीब्ऋः) पाटा–एलए पÞmुट्सल टुर्नामेन्टको बिजेता बनेको छ । विजयी टोलीले ट्रफी, मेडल, प्रमाणपत्र, नगद रु. २०,००० र ट्रेकिङ भेन्यू नेपालले आयोजना गर्ने त्रिशूली÷भोटेकोशीको ¥याफ्टिङ ट्रिप सहितको पुरुस्कार हात परेका छन्। त्यसैगरी उपबिजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र, नगद रु. १०,००० र चन्द्रागिरि हिल्स द्वारा आयोजित राउन्ड ट्रिप केबल कार टिकट समेत प्राप्त गरेका छन ।

प्रतियोगितामा एलसीएमका सिजन खड्का उत्कृष्ट गोलकिपर र राहुल खड्का उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले ट्रफी, प्रमाणपत्र र र चन्द्रागिरि हिल्सद्वारा प्रायोजित राउन्ड ट्रिप केबलकार टिकट र दिवाभोजको पुरस्कार प्राप्त गरेका छन ।

प्रतियोगितामा मनकामना केबलकार, नबिल बैंक, बुद्ध एयर, केजीएच ग्रुप अफ होटल्स, सेभेन लेक्स रिसोर्ट, चन्द्रागिरि हिल्स रिसोर्ट, कम्युनिटी होमस्टे, हाईग्राउन्ड एडभेन्चर नेपाल र ट्रेकिङ भेन्यु नेपाल लगायतले सहयोग गरेका थिए। पाँचौं युथ ट्यालेन्ट क्वेस्ट अन्तर्गतको अन्तिम पब्लिक स्पिकिङ प्रतियोगिता पाटा नेपालद्वारा आगामी जनवरी ३० तारेखमा प्रदेश १ को इटहरीमा आयोजना हुने मार्केटिङ कन्क्लेभ (डीएमसी) सँगै आयोजना हुने भएको छ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro