Banner ad for NADA AUTO SHOW -2026

हुन्डाईको फेष्टिभ डिलाइट २०८० को बप्पर प्राइज सार्वजनिक

2.3K
shares

काठमाडौं । हुन्डाइं नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बप्पर प्राइज रहेको हुन्डाई एसयसभीलाई आज नाडा अटो शो २०२३ को पहिलो दिन आफ्नो स्टल बी ५ बाट माननीय अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको उक्त एसयुभी हुन्डाई इएक्टर रहने भनी सार्वजनिक गरेको छ ।

 

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

 

आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत बप्पर प्राइज मा हुन्डाई इक्टर प्राप्त गर्न सक्नुहुनेछ ।

 

नाडा अटो शो २०२३ मा हुन्डाईको बी ५ स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरुले हुन्डाईका विभिन्न उत्पादनहरुको जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्व सम्म लागू हुनेछ ।

civil hospital
Hams Hospitals