Banner ad for NADA AUTO SHOW -2026

सिट्रोनको फेस्टिभ स्कीम : गाडी किन्ने र बुकिङ गर्ने दुवैलाई छुट र उपहार

2.1K
shares

काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्कीम २०८० सार्वजनिक गरेको छ ।

 

काठमाडौंको भृकुटीमन्डपमा मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्कीम सार्वजनिक गरेको हो ।

 

यस स्कीम अन्तर्गत सिट्रोन सीथ्री कार किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पाउने छन् ।

 

 

त्यसैगरी, सिट्रोनको विद्युतिय गाडी ई सीथ्री खरिद गर्न चाहने ग्राहकले पनि निःशुल्क बीमा र निःशुल्क सडक करको सुविधा पाउने छन् ।

 

त्यस्तै, नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुले २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको पाउने छन् ।

 

साथै ग्राहकले नाडा अटो शो भरी निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् । नाडा अटो शो शनिबारसम्म हुनेछ ।

civil hospital
Hams Hospitals