नाडा अटो शो : २ दिनमा ६०० गाडी बुकिङ
वि.सं.२०८० भदौ २९ शुक्रवार
shares
काठमाडौं। भृकुटी मण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा अवलोकनकर्ताहरुको उपस्थिति निकै धेरै देखिएको छ। तीन वर्ष पछि भइरहेको अटो शोको दोस्रो दिनसम्म करिब ६०० वटा सवारीसाधान बुकिङ भएका छन्।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार पहिलो दिन ३०० भन्दा बढी गाडी बुकिङ भएको बताए। यसमा पनि सबैभन्दा धेरै इभी नै बुकिङ भएको उनको भनाइ छ। यस्तै दोस्रो दिन पनि त्यही अनुपातमा गाडीहरु बुकिङ भएको थापा बताउँछन्। अटो व्यवसायीका अनुसार पहिलो दिन लगभग ३२० युनिट र दोस्रो दिन २७० सवारी साधान बुकिङ भएका छन्।
दुई पाङ्ग्रे सवारी तर्फ यो पटक केही ब्रान्डमा राम्रो भिड भएको र ती ब्रान्डहरुले राम्रो बुकिङ लिएको थापाले बताए। नाडा अटो शोमा सबैभन्दा धेरै टाटा, बिवाइडी, सेरेस,नेटा भी, एमजी र ओरालगायतका ब्रान्डमा मानिसको भिड देखिन्छ। यी कम्पनीहरुको नयाँ मोडल र इभी गाडी ‘बुक’ भएका छन्।






























