आजको विनिमयदर कति छ हेर्नुहोस्

1K
shares
Shine resunga department bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४५ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५० पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८८ पैसा र बिक्रीमा ८ रूपैयाँ ९२ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ६५ पैसा र बिक्रीदर २८ रूपैयाँ ७८ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४१ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८६ पैसा तोकिएको छ ।