“नेपाल सरकारलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको चौथो किस्ताको भूकम्प राहत सहयोग हस्तान्तरण”

1.8K
shares
Nabil bank

काठमाडौं।”नेपाल सरकारलाई  अत्यावश्यक स्वास्थ्य सामग्रीको चौथो किस्ताको भूकम्प राहत सहयोग हस्तान्तरण”

१. अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री यही मंसीर ४ गते नेपाल आइपुग्यो र यी राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरियो ।

२. नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यी राहत सामग्री उपलब्ध गराएको हो । यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

३. छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited