Banner ad for NADA AUTO SHOW -2026

गोरखामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश, पार्टी उपमहासचिव गुरुङद्वारा स्वागत 

1.3K
shares

 

 

काठमाडौं । गोरखा जिल्लामा विभिन्न पार्टी परित्याग गरी ती पार्टीका नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

 

आइतबार गोरखाको अजिरकोट गाउँपालिका–४ गोगनपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरूलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले देशको विकास र समृद्धिको लागि बलियो शक्ति आवश्यक रहेको बताउनुभयो । बलियो शक्ति बनाउन कम्युनिष्टहरु विभाजित भएर नहुने उहाँले प्रष्ट पार्नुभयो ।

 

गुरुङले देशका कम्युनिष्ट एक भएर बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने गुरुङले बताउनुभयो ।

 

गुरुङले अब विभाजित गन्तव्यमा नपुगिने बताउनुभयो । उहाँले सबैलाई नेकपा एमालेको छातामा एकत्रित हुन पनि आह्वान गर्नुभयो । त्यसो गरियो भने मात्र समाजवादको बाटोमा अघि बढ्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।

civil hospital
Hams Hospitals