पसलमा किन झुन्डाइन्छ कागती र खोर्सानी यस्तो छ रहस्य

1.9K
shares

काठमाडौं।कुनै पसल छिर्ने गेटमा वा ढोकामाथि कागती र खुर्सानीको माला झुन्ड्याएको त तपाईँले देख्नुभएकै होला ? तर यो माला किन झुन्ड्याइन्छ त ?

 

कतिपयले यसलाई व्यापार व्यवसाय बढाउन र बाहिरी नकारात्मक ऊर्जा पसलमा नआओस् भनेर राख्ने गरेको पनि बताउँछन् ।

 

वास्तु दोष हटाउनका लागि पनि कागती र खुर्सानी घरमा वा पसलमा लगाउने गरिन्छ । कसैको घरमा वा वरिपरि कागतीको रूख छ भने त्यहाँको वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ ।

 

त्यस कारण कागतीमा धागो उन्दा कागतीबाट निस्किएको रसबाट लामो समयसम्म सुगन्ध निस्कने भएकोले वातावरणमा प्रभाव पार्ने गर्दछ ।

 

वा कागतीको अमिलोले हावालाई सफा बनाउँछ । कागतीको वासनाले मानिसको भावनालाई स्वच्छ राख्न मद्दत गर्छ यसका साथै घर वरिपरि भएका हानिकारक किराहरूलाई पनि भगाउन निकै महत्त्वपूर्ण भूमिका खेल्छ ।

 

कागतीले हाम्रो मुड फ्रेस गराउँछ । खुर्सानीको रागले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् ।

 

एउटा कागती र सात वटा खुर्सानीलाई धागोमा उनेर आफ्नो ढोकामा झुन्ड्याउनु पर्दछ र प्रत्येक हप्ता परिवर्तन गर्नुपर्दछ । यसो गर्दा आफ्नो छर तथा पसलमा भविष्यमा हुन सक्ने दुर्घटना तथा क्षतिलाई टार्न सकिने विश्वास राखिन्छ ।

 

कुनै पनि व्यवसाय वा मेसिनरी सामाग्रीको प्रयोगमा जोखिम बहन गर्नुपर्ने हुन्छ । यसरी कागती र खुर्सानीको माला लगाउनुमा वास्तु दोष हटाउन सकिने मान्यता रहँदै आएको छ ।

civil hospital
Hams Hospitals