Banner ad for NADA AUTO SHOW -2026

वायो ईथानोलको १३ अर्ब लगानी हुँदे, पेट्रोलियम पदार्थको आयात कम गर्ने दावी

1.2K
shares

 

काठमाडौं । अबदेखि वायो ईथानोल नेपालमा नै उत्पादन हुने भएको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वले अवलम्वन गरिरहेको प्रविधि नेपालले अव एक महिनाभित्र स्वदेशी नागरिक, आयल निगम तथा गैरआवाशिय नागरिकहरु संलग्न रहेको कम्पनिहरुसँग मुल्य निर्धारण तथा सम्झौता गरि अगाडि बढ्ने बताए ।

 

 

यसैगरी उक्त कार्यक्रममा संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले स्वदेशी उद्योग र आन्तरिक उत्पादनका साथै रोजगार तथा कृषिमा आधारित उद्योगले समग्र अर्थतन्त्रको विकाश हुने भएकोले समितिले कार्यन्वयनको लागि निर्देशन दिएको बताए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले वायो इथानोल उत्पादन विश्वले प्रयोग गरिसकेको विषय भएकोले लगानीकर्तालाई आश्वस्त गरि देश विदेशको प्रचलित मान्यता बमोजिम कार्यविधि वनाई खरिद सम्झौता गरिने वताए ।

कियान केमिकल ईण्डष्ट्रिज प्रा.लि. का सञ्चालक दिनेश पौड्यालले औद्योगिक कच्चा पदार्थ र कृषि उत्पादनको माध्यमबाट तयार गरिने ईथानोल वातावरणमैत्री हुने बताउँदै इन्धनको प्राकृतिक भण्डार क्रमश घट्दै जाने र कालान्तरमा सकिने अवस्था आउने भएकोले अब इथानोललाई वैकल्पिक ईन्धनको रुपमा प्रयोग अनिवार्य भइसकेको बताए ।

 

सञ्चालक पौडेलले यसको प्रयोगबाट पेट्रोलियम पदार्थको लागि बैदेशिक मुद्रामा भूक्तानी गरिने हिस्सा क्रमशः घट्ने भएकाले वार्षिक रुपमा १० अर्ब भन्दा बढी रकम विदेशिनबाट रोकिने भएकाले अर्थतन्त्र थप मजबुत हुने बताए ।

 

उनले स्वदेशमा रोजगारीको सिर्जना गर्न,स्वदेशी उत्पादन मार्फत राजश्वमा योगदान, स्थानीय किसानलाई बैकल्पिक कृषि खेतीमा सामेल गराई आर्थिक रुपमा रुपमा सवल बनाउन, चिनी उद्योगहबाट उत्पादन पश्चात निस्कने मोलासिस समेतको प्रयोग गरी उत्पादन हुने हुनाले फोहोर पदार्थको व्यवस्थापन हुने, यसमा कार्वन र कार्वन मोनोअक्साईड उत्पादन गर्ने भएकोले ग्लोवल वार्मिङ कम गर्न योगदान दिने,स्वदेशमा सस्तो इन्धन उत्पादन गर्न सकिने, देशमा कुल ग्राहस्थ उत्पादन बढ्नेमा सहयोग गर्ने, वैदेशिक लगानी मार्फत लगानी गरिने हुँदा राष्ट्रिय लगानी तथा वैदेशिक सञ्चितिमा वृद्दि हुने लगायतका धेरै प्रकारको फाइदा हुने बताए । यसका साथै उनले सरकारले खरिद सम्झौता गरी उद्योगीहरुलाई प्रश्रय गरेको खण्डमा आजको दिनमा विद्युत निर्यात गरिए जस्तै भोलिका दिनमा वायो इथानोल निर्यात गर्न सकिने दावी गरे ।

 

 

हाल नेपालमा सिमल तरुल (कासाभा) रैथाने बालीको रुपमा उत्पादन तथा प्रयोग भइरहेको छ । यसलाई व्यवसायिक कृषि खेतीमार्फत मुख्य कच्चा पदार्थको रुपमा प्रयोग गरी बायो ईथानोल उत्पादन गरिनेछ । यसका अतिरिक्त कच्चा पदार्थहरुमा मोलासिस, कनिका, चुकन्दर र कृषि वेस्टेजहरु प्रयोग हुने कम्पनीले जनाएको छ । यसैगरी कियान केमिकलबाट उत्पादन हुने बायो ईथानोलको लागि आवश्यक पर्ने कच्चा पदार्थको लागि कृषि वाली, अनुसन्धान, उत्पादन तथा व्यवस्थापन गर्नको लागि कम्पनिको भगिनि संस्था कियान एग्रिकल्चर रिसर्च एण्ड डेभलभमेण्ट प्रा. लि. मार्फत कार्य गर्नेछ ।

विश्वका देशहरुमा ८५ देखि १०० प्रतिशत सम्मका वायोईथानोलबाट चल्नसक्ने सवारीसाधन निर्माण भइसकेका र २० प्रतिशत सम्म मिश्रणमा हाल नेपालमा उपलब्ध सवारीसाधन चल्नसक्ने देखिएको छ ।

कार्यक्रममा पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधान, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दास, नाडाका प्रतिनिधि कपिल शिवाकोटी, उपभोक्ता वादि संस्थाका प्रतिनिधि माधव तिमल्सिीना, चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल लगायतले नेपालमा वायो ईथानोलको समिश्रण तथा प्रयोगको लागि आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विगत ३ वर्षदेखि कियान केमिकल ईण्डष्ट्रिज कम्पनी स्थापना गरेर गैर आवासीय नेपालीहरु बेदप्रसाद खरेल, कला खरेल तथा खगेन्द्र जि.सि. तथा नेपाली लगानिकर्ताहरु श्री दिनश पौड्याल, श्री मनिष सापकोटा र श्री बाबुराम गौतम सञ्चालक रहेका छन् ।

civil hospital
Hams Hospitals