पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शोभा अर्याल निर्वाचित

2.8K
shares

 

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शोभा अर्याल निर्वाचित भएकी छिन । काठमाडौं शाखा निर्वाचन समितिले शनिबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो ।

 

अध्यक्ष पदमा निर्वाचित अर्यालले ४१४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पुष्कर बस्नेतले २२२ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार गंगा वरालले ७१ मत र रामचन्द्र बस्नेतले ४३ मत पाएका छन् ।

 

काठमाडौं शाखाको उपाध्यक्षमा हेम बहादुर रानाले २६६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोबिन्द गिरीले २४५ मत पाए ।उपाध्यक्षका अर्को उम्मेदवार अर्जुन प्रसाद डोटेलले १३० र अर्जुन विष्टले ६२ मत पाएका छन्।उपाध्यक्ष महिलातर्फ कान्ति न्यौपाने ४१३ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी सिता माया पौडेलले २१८ मत पाइन् ।

 

काठमाडौं शाखाको सचिव पदमा रमेश कुमार बोहोराले ३४३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी बुद्ध योन्जन लामाले ३०३ मत पाएका छन् । त्यस्तै सहसचिवमा विक्रम रत्नले २८२ मतसहित विजयी हुँदा उनका निकट प्रतिद्वन्द्वी ऋषिराम बस्यालले २७८ मत पाएका छन्। सह सचिब महिलातर्फ इश्वरी अधिकारीले ३८३ मतसहित विजयी हुँदा उनकाे निकटन प्रतिद्वन्द्वी मनिका खतिवडाले २८३ मत पाएकी छिन्।

 

कोषाध्यक्षमा रामचन्द्र कार्की निर्वाचित भए । उनले ३०१ मत पाउँदा उनका प्रतिस्पर्धी राममणि घिमिरेले २३९ मत पाए । कोषाध्यक्षका अर्का उम्मेदवार भिम लामाले १३२ मत पाएका छन्।

 

त्यसैगरी खुला ८ जना सदस्यमा अंकधोज परियार,अनिसा जयन्ती श्रेष्ठ,ऋग देवकोटा, गोविन्द कुमार शर्मा, नेत्र बहादुर बस्नेत, चेतनारायण बेलबासे, मन्जु घिमिरे,यमराज सुवेदी विजयी भए ।महिला सदस्यमा अनिसा निरौला निर्वाचित भएकि छिन्।  

 

दलित सदस्यतर्फ गणेश वि.क. निर्विरोध विजयी हुँदा जनजाति सदस्यमा बिनिता डंगोल निर्विरोध विजयी भइन । मधेशी र अन्य सदस्यमा क्रमशः सुनिल कुमार शाह र जगदिश प्रसाद अधिकारी निर्वाचित भए ।

हेर्नुहोस् निवार्चितहरुको नाम:

civil hospital
Hams Hospitals