सुन तस्करीमा फरार चलाउनेविरुद्ध सहकारी ठगीको मुद्दा

1.6K
shares

 

काठमाडौं । सुन तस्करीको मुद्दामा फरार जीवन चलाउनेविरुद्ध प्रहरीले अर्को मुद्दा दायर गरेको छ ।सहकारी ठगीको आरोपमा काठमाडौं प्रहरीले मंगलबार उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । ठमेलको यूनिफाइड सहकारीको रकम उनले हिनामिना गरेका हुन् ।

 

चलाउने सो सहकारीको अध्यक्ष थिए । उनीसहित १० जनालाई प्रतिवादी बनाएर सहकारी ठगीको मुद्दा दायर भएको हो । बचतकर्ताको एक करोड २ लाख ५५ हजार हिनामिनाको उजुरी परेको थियो ।चिनियाँ समूहसँग मिलेर सुन तस्करी गरेको अभियोगमा यसअघि सिआइबीले उनीविरुद्ध मुद्दा दायर गरिसकेको छ ।सिआइबीले सुरुमा उनीसँग कागज गराई तारेखमा राखेकोमा पछि फरार बनाएर मुद्दा दायर गरेको थियो। चलाउनेलाई सुरुमा चलखेलका आधारमा उन्मुक्ति दिने प्रयास भएको आरोप लागेको छ।

civil hospital
Hams Hospitals