दीपक मनाङेका दाइनेहात बताउने पक्राउ
वि.सं.२०८१ पुस १४ आइतवार
10.7K
shares
shares
काठमाडौं । जेलमा रहेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेका सहयोगी पक्राउ परेका छन् ।डिल्लीबजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका मनाङेका सहयोगी टीका भण्डारीलाई शनिबार जिल्ला प्रहरी परिसर काठमाडौको विशेष टोलीले पक्राउ गरेको हो ।
मनाङे मन्त्री हुँदा भण्डारी स्वकीय सचिवका रुपमा कार्यरत थिए । स्रोतका अनुसार लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहसँग उनको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको हो ।नुवाकोटका जग्गा व्यवसायी लामामाथि गत कार्तिक ११ गते लाजिम्पाटस्थित एक अस्पतालको पार्किङभित्रै अन्धाधुन्ध रड प्रहार भएको थियो ।प्रहरीले यसअघि नै मार्शल भनिने शैलेन्द्र तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
Subscribe
0 Comments
Oldest































