होटलबाट पेस्तोलसहित खड्का पक्राउ
वि.सं.२०८१ पुस १४ आइतवार
627
shares
shares
काठमाडौं । प्रहरीले काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरको ब्लिसफुल होटलबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का छन्।उनलाई होटलको कोठानम्बर ४०१ बाट पेस्तोल त्यसमा लाग्ने ९ राउन्ड गोली सहित पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेकोछ।
































