नेपाल प्रहरीका डीएसपीहरुलो हेरफेर,सिंहदरबारमा पौडेल सोह्रखुट्टेमा भण्डारी

30.7K
shares
Nabil bank

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले केही महत्वपूर्ण युनिटका डीएसपी हेरफेर गरेको छ ।

 

डीएसपी जिम्मेवारीमा सबैभन्दा आकर्षक मानिने प्रहरी बृत्त सोह्रखुट्टेमा जागेश्वर भण्डारी काज सरुवा भएका छन् । त्यहाँका डीएसपी सत्यनारायण थापाको कार्यकाल पूरा भएको थियोे ।

 

डीएसपी पोष्टिङको अर्को महत्वपूर्ण युनिट मानिने इलाका प्रहरी कार्यालय, सिमरा, बारामा सुभद्रा वाइवा तामाङ जाने भएकी छन् । त्यहाँ क्षेत्रीय विमानस्थल, भैरहवा दरबन्दी भएका डीएसपी चिरञ्जीवी दाहाल कार्यरत थिए । सिमरा सरुवा भएकी वाइवा अपराध अनुसन्धानमा कहलिएकी प्रहरी अधिकृत हुन् ।

प्रहरी बृत्त, सिंहदरबारमा बेदबहादुर पौडेल र हुम्ला जिल्लाको प्रहरी प्रमुखमा शंकर पोखरेल काज सरुवा भएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x