सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.4K
shares
Shine resunga department bank

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार १ लाख ५२ हजार ५०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।