२४ औँ सशस्त्र प्रहरी दिवस प्रहरीका डीआईजी आचार्यलाई सशस्त्रको सम्मान
वि.सं.२०८१ माघ ९ बुधवार
12.2K
shares
shares
काठमाडौँ । मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ । हलचोकस्थित सशस्त्रको मुख्यालयमा मंगलबार आयोजित समारोहमा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले आचार्यलाई प्रसंसापत्र प्रदान गरेका हुन् ।
२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आचार्यलाई ‘आईजी एपिएफ कमेन्डेसन’ प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मधेस प्रदेशका जिल्लाहरूमा सीमा सुरक्षा गर्न डीआईजी आचार्यले उत्कृष्ट समन्वय गरेको सशस्त्र प्रहरीको विश्लेषण छ ।
Subscribe
0 Comments
Oldest































