Banner ad for NADA AUTO SHOW -2026

न्याय परिषद् सदस्यमा सिफारिस खड्काको नाम अनुमोदन

1.3K
shares

 

 

काठमाडौं । न्याय परिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।आइतबार बसेको समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो ।खड्का बरिष्ठ अधिवक्ता हुन् ।

खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताएकी छिन् ।नेपाल बार एशोसियसनबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो ।संसदीय सुनुवाइबाट उनको नाम अनुमोदन भएसँगै अब नियुक्तिको प्रक्रिया अघि बढ्नेछ

civil hospital
Hams Hospitals