नो केबलकार समूह’ ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

16.2K
shares
Nabil bank

 

काठमाडौं । ‘नो केबलकार समूह’ ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।काठमाडौंको माइतीघर मण्डलामा ‘नो केबलकार समूह’ ले गृहमन्त्री लेखकको राजीनामा माग्दै पर्दशन गरेको हो ।विभिन्न प्लेकार्डसहित ताप्लेजुङको पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा देखिएको विवादमा केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो ।

गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेको थियो । त्यसयता केबलकारविरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ ।सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनकारत पक्षले गृहमन्त्री लेखकको राजीनामा माग गरे ।

उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे!’, ‘नो केबलकार’, ‘हजारौं प्रजातीका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओ लगायत दोषीलाई कारबाही गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x