मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य हेर्नुहोस्

12.1K
shares
Nabil bank

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका छन् ।

 

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

 

मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे ।

 

सरकारले भूमि क्षेत्रका समस्याहरुलाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाई छ । शुक्रवार नियुक्त भएका सदस्यहरुको विवरण सूचि।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x