एएसी व्रिक÷ब्लक नेपालमा खपत भई विदेशमा समेत निर्यात गर्न सकिने

वि.सं.२०८१ चैत ६ बुधवार
shares

काठमाडौं।प्रमुख स्वदेशी कच्चा पदार्थ सिमेन्ट र वालुवा प्रयोग गरी स्वदेशमा नै उत्पादन हुने रातो ईटाको विकल्पको रुपमा रहेको तर, कृषि उव्जाउ हुने माटोको प्रयोग नहुने वातावरणमैत्रि, हलुका र निर्माणमा खर्च समेत कम लाग्ने M æ1st AAC Conference : Building Sustainable Future”एएसी व्लक प्रयोग गरी गारो लगाउने कार्यको लागी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट मिति २०८१÷०८÷०६ मा
M æ1st AAC Conference : Building Sustainable Future”स्विकृत गरीएको व्यहोरा जानकारी गराउदै यी उद्योगहरुको वर्तमान स्थिति तल उल्लेख गरेका छौं ।
एएसी व्रिक उद्योगको वर्तमान स्थिति :
संचालित उद्योग संख्या ः ९ (थप २÷३ वटा उद्योगहरु संचालनको तयारीमा रहेका)
लगानीः करीव ५०० करोड
रोजगारी ः प्रत्यक्ष÷अप्रत्यक्ष करीव ५,००० जना
हाल स्वदेशमा एएसी व्लकको कुल जडित क्षमता २२०० घन मिटर प्रतिदिन रहेको छ, जुन वर्षमा ४५ करोड गोटा रातो ईटा वरावर हुन आउने साथै नेपालमा बिगत १० बर्ष देखि बिभिन्न उद्योगहरुले फरक फरक ब्राण्ड नाममा एएसी ब्लक उत्पादन गरि बजारिकरण गरिरहेको छन । एएसी ब्लक जर्मन प्रबिधिमा आधारित हलुका, अग्नि, ध्वनि र ओस प्रतिरोधक, वातावरणोपयोगि, बिश्वसनिय नबिनतम निर्माण सामग्री हो ।
एएसी ब्लकबाट छोटो समयमै नेपालका महत्वपूर्ण आयोजना (सरकारी र निजि) पनि सम्पन्न भैसकेको र नेपाल नापतौल तथा गुणस्तर विभागले पनि एएसी ब्लकलाई निर्माण सामाग्रीको रुपमा अंगिकृत गरि आवश्यक सुचक नेपाल गुणस्तर समेत निर्धारण गरिसकिएको र केहि उद्योगहरुले गुणस्तर प्रमाणपत्र समेत पाईसकेको र वाँकी उद्योगहरु समेत गुणस्तर प्रमाण लिने प्रक्रियामा रहेको ब्यहोरा जानकारी गराउँदै हाल स्वदेशी माग अनुसारको उत्पादन गर्न स्वदेशी एएसी व्लक्स उद्योगहरु पुर्ण रुपमा सक्षम भै सकेका छन भने आगामी दिनमा थप केहि उद्योगहरु खुल्ने तथा संचालन हुने अवस्थामा रहेको व्यहोरा समेतअवगत गराउदछौं ।
स्वदेशी उत्पादन एएसी व्लकको विषयमा जानकारी गराई यसको उपभोगमा व्यापक वृद्धि गर्ने तथा दिगो भविष्य निर्माण गर्ने हेतुले यस संघले स्वदेशी तथा विदेशी अनुभवी विशेषज्ञहरुवाट सम्पुर्ण सरोकारवालाहरुलाइ जानकारी गराउने उद्येश्यले “ज्ञकत ब्ब्ऋ ऋयलाभचभलअभ स् द्यगष्मिष्लन क्गकतबष्लबदभि ँगतगचभू विषयमा मिति २०८१ चैत्र ८ गते, शुक्रवार (तदनुसार द्दज्ञतज ःबचअज, द्दण्द्दछ) मा एक वृहत कार्यक्रम आयोजना गर्न लागीएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।
प्रेस विज्ञप्ति
एएसी व्रिक÷ब्लकवाट हुने निर्माण लागतमा वजारमा पाईने सामान्य रातो ईटा वा ब्लककोे मुल्यको तुलनामा १०–१५ प्रतिशत सम्म कम लागत हुन्छ ।
स्वदेशमा उत्पादित एएसी व्रिक÷ब्लक नेपालमा खपत भई धेरै भएमा विदेशमा समेत निर्यात गर्न सकिने सम्भावना रहेको छ ।
वर्तमान अवस्थामा वजारमा पाईने रातो ईटको स्थानमा गाहे लगाउने सामग्रीहरुमा एएसी व्रिक÷ब्लकको हिस्सा ६–८ प्रतिशत रहेको छ साथै यसको हिस्सा निरन्तर वढ्दो क्रममा रहेको छ ।
स्वदेशी तथा विदेशी विशेषज्ञहरुवाट प्राविधीक तथा व्यवहारीक रुपमा जानकारी गराईने साथै तहाँ उठेका जिज्ञासाको प्रश्नोत्तर कार्यक्रमवाट समाधान गरीनेछ ।
व्यवसायीक भवनहरुमा यसको प्रयोग अत्याधिक भईरहेको छ भने घरायसी प्रयोजनमा समेत विस्तारै विस्तारै यसको प्रयोगमा व्यापकता हुदै गईरहेको छ ।
एएसी व्रिक÷ब्लक प्रयोग गरी निर्माण भएका सरकारी भवनहरु ः
क)नेपाल राष्ट्र वैंक, वालुवाटार
ख)सर्वोच्च अदालत ( निर्माणाधिन )
ग)हिमालय कलेज अफ एग्रिकल्चर साईन्स एण्ड टेक्नोलोजी
घ)कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान
ङ)मनिखेल अस्पताल
च)लाप्राक मोडल भिलेज
अस्पतालहरु ः
क)नोवल हस्पिटल
ख)न्युटन हस्पिटल
ग)पुष्पाञ्जली हस्पिटल
घ)गोरखा हस्पिटल
ङ)जिरी अस्पिटल
च)नारायणी पोलिटेक्निक ईन्सिच्युट
जलविद्युत आयोजनाहरु ः
क)कावेली –१, २, ३ र सुपर कावेली
ख)लोअर ईरुखा हाईडोपावर
ग)तनँहू हाईड्रो
घ)सानीमा हाईड्रो
ङ)मायाखोला हाईड्रो
च)भुगोल हाईड्रो डेभलपर
छ)ईरुख्वा हाईड्रोपावर
ज)रुडि हाईड्रोपावर – १ र २
होटल ः
क)होटल वारही , ठमेल
ख)होटल शिराईचुली, चितवन
ग)चितवन गार्डेन रिसोर्ट
घ)चितवन मिडटाउन
ङ)म्यारियट होटल, काठमाडौं
च)होटल शेराटन (निर्माणधिन)
छ)मेचि क्राउन, धुलावारी
ज)होटल वसेरा वुटिक, काठमाडौं
हाउजिङ्ग ः
क)डाउनटाउन हाउजिङ्ग
ख)पार्क होराईजन (भुकम्प पछिको पुनःनिर्माण )
ग)सिभिल होम्स, कलंकी
घ)दुगुनागढी भिलेज, सिन्धुपाल्चोक
ङ)कर्मा रेसिडेन्सि
उद्योगहरु ः
क)सुर्या नेपाल
ख)सिजी सिमेन्ट, पाल्पा
ग)पञ्चकन्या प्लाष्टिक
घ)ब्रिज ग्लास
माथीका सरकारी भवन, अस्पताल, जलविद्युत आयोजना, होटल, हाउजिङ्ग र उद्योगहरु वाहेक अन्य क्षेत्रहरु र व्यवसायिक भवनहरुमा समेत प्रयोग हुदै आईरहको छ ।