दश बर्षसम्म एउटै मालपोतमा साँखुका सुव्वा साप

2.8K
shares
Shine resunga department bank

काठमाडौं । काठमाडौंमा रहेको साँखु मालपोत कार्यालय कारोवारको रुपमा अग्रभागमा पर्दछ । त्यहाँ हरेक दिन एक न एक अवैध काम हुने चर्चा छ । त्यही मालपोत मार्यालयमा एकजना सुब्बा झण्डै बाह्र बर्षसम्म काम गरेर बसेका छन् ।

 

हुनत एउटा कर्मचारीले एउटा कार्यालयमा निश्चित समयमात्र काम गर्न पाउने नियमवलीमा उल्लेख पनि छ । तर, त्यो नियमलाई ठाडै घोती लाईदिएर नायव सुब्बा रामेश्वर कुँईकेल २०७२ सालदेखि यही कार्यालयमा काम गरिरहेका छन् । त्यो पनि जग्गाको रजिष्ट्रेसन गर्ने शाखामा उनको हालिमुहाली रहेको छ । मालपोत कार्यालय साँखुको अभिलेख अनुसार कुँईकेलको २०७१ सालमा त्यहाँ सरुवा भएको थियो । सेटिङ्गमै सरुवा भएर सो कार्यालय पुगेका कुँईकेल बद्नाम कर्मचारीको रुपमा परिचित पनि छन् ।

 

माथिल्लो निकायमासमेत ‘माल’ बुझाउन पर्छ भन्दै अबैध असुली गर्ने उनी मन्त्रालयदेखि शक्ति केन्द्रसम्म रिझाउन पनि माहिर छन् । उनको अवैध असुलीको फेहरिस्त फेला परेपछि तीन महिना निलम्वनमा पनि परेका थिए । पुनः शक्तिकेन्द्र रिझाएर उनको जागिर थमौती भयो । त्यसको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्ट्रिङ्ग अप्रेसन’मा परेका यी सुब्बाको सरुवा पनि हुने गरेको छ । तर, उनले अबैध कमाईको दुरुपयोग गरेर त्यही ठाउँमा थमौती गरेको भूमिसुधार मन्त्रालयका एक कर्मचारीले बताए ।

 

संघीय मामिला तथा सामान्य प्रशासनमा सरुवा भएर आए पनि उनले बिभिन्न शक्ति केन्द्र लगाएर साँखु मालपोतमै जागिर थमौती गरेपछि त्यहाँका लेखनदासहरु पनि चकित परेका थिए । आफ्नो पहँुच र शक्ति माथिसम्मै भएको बताउने कुँईकेलले उनै लेखनदाशलाई प्रयोग गरेर अकुत आर्जन गरिरहेका छन् । लामोसमयदेखि त्यही बसेका कारण उनले जुनसुकै हाकिम पुगे पनि सेटिङ्ग मिलाउने गरेका छन् । कर्मचारी ट्रेड युनियनका नेता खरिद गरेर मालपोतमा माल पार्ने सुब्बाको उपमा उनले पाएका छन् ।

 

यति लामोसमयसम्म एउटै कार्यालयमा थमौती हुन सक्ने व्यक्ति भएका कारण माथिल्ला निकायका कर्मचारीसमेत उनीसँग सतर्क रहने गरेको मन्त्रालयका ती कर्मचारीले बताए । जागिरबाट हुने आम्दानीको तुलनामा धेरै गुणा बढी सम्पत्ति जोहो गरेका यी सुब्बा सापको सम्पत्ति देखेर आफन्तहरु पनि चकित परेको उनका नजिकका एक आफन्तले बताए ।उनको घर घडेरीको फेहरिस्ता नै आवश्यक परे दिने आफन्तको भनाई छ ।

 

उक्त विषयमा हामिले कुँईकेलसंग कुरा गर्दा उनले कुनै पनि यस विषयमा बोल्न चाहेनन्।

everest Bank
Sharestha treating