आन्तरिक अनुशासन, नियामक निकायवाट हुने अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण हो

3.6K
shares
Shine resunga department bank

 

आज राष्ट्रिय सहकारी दिवस सहकारी सामाजिक अर्थतन्त्रलाई व्यवस्थित गर्ने अभियान को रुपमा शुरु भएको र अर्थतन्त्रको एउटा खम्वाको रुपमा पहिभान बनाउन सफल सहकारी अभियान केही सीमित सहकारीहरुको कारणले अहिले नकारात्मक चर्चाको घेरामा रहेको छ । सहकारी दिवस, सहकारी अभियानको महत्व, आर्थिक र सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान, सहकारीमा विकृतिको शुरुवात कसरी भयो र सुधार कसरी गर्ने बचत कर्ताहरुको बचत फिर्ता आको विषयमा सहकारी मन्त्रालयका पूर्व सचिव, लेखक तथा गीतकार डा. दामोदर रेग्मी संग गरिएको कुराकानीमा आधारित सामग्री प्रस्तुत गर्न गएका छौं ।

सहकारी दिवस

राष्ट्रिय सहकारी दिवस नेपालमा प्रत्येक वर्ष चैत २०मा मनाइन्छ । नेपालमा२०१३ साल अगाडि देखि नै सहकारी अवधारणाको विकास भएको थियो तथापि वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को नारा ‘मर्यादित सहकारी,समुन्नत समाज’ रहेको छ ।

सहकारी अभियानको महत्व

विकासमा नागरिक वा समुदाको सहभागिता शासकीय प्रणालीको आदर्श तथा नवीन अवधारणा हो । यसै मान्यता अनुरुप सहकारी क्षेत्रलाई समुदायको उत्थान र समुदायको उन्नतिव्दारा शासन प्रणालीलाई जनमैत्रीय बनाउने काममा सहभागी गराउन सकिन्छ । ‍सहभागितामूलक विकास र समुदायमा आधारित विकासलाई सार्थकता प्रदान गर्ने व्यवहारिक अभ्यासमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ । स्थानीय रुपमा छरिएर रहेका पूँजीको परिचालनव्दारा स्थानीय साधन स्रोत र प्रविधिको परिचालन गरि स्थानीय आवश्यकताको सम्बोधन गर्न सहकारी क्षेत्रको सदा सर्वदा महत्वपूर्ण योगदान रहँदै आएको छ । देशको सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको छ। सहकारी बिस्तार भएका ठाउँमा तुलनात्मक रुपमा बढी मात्रामा आर्थिक, सामाजिक क्षेत्रमा सुधार भएको देखिन्छ ।मानव विकास सूचाकांकमा सुधार ल्याउन पनि सहकारीले उल्लेख्य योगदान दिएको छ ।सहकारी क्षेत्रले नेतृत्व विकासमा समेत टेवा पुर्याएको छ। स्वरोजगार, उद्यमशीलतामा समेत विशेष योगदान पुगेको छ।सहकारीको माध्ययबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन पनि सहकारीले भूमिका खेलेको छ।यसर्थ सहकारी क्षेत्र समुदाय उत्थानको लागि उर्जा हो ।

सहकारी क्षेत्रको योगदान

यहांले भन्नु भए जस्तै अर्थतन्त्रमा सहकारी बलियो खम्बा र सुखी नेपाल सम्मृद्ध नेपाल निर्माणमा महत्वपूर्ण टेवा पुगेको छ ।दिगो विकास लक्ष्य प्राप्ति र सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारी रहेको देखिन्छ । सहकारी क्षेत्र सामजिक अर्थतन्त्रको सवलीकरणव्दारा राष्ट्रिय अर्थतन्त्रको सवलीकरण गर्ने र सामाजिक न्यायको प्रबर्ध्दन गर्ने सामर्थ्य राख्ने बलियो संयन्त्र पनि हो । यिनै विशेषताहरुका कारणले सहकारी क्षेत्र सामाजिक सौहार्दतामा आधारित अर्थतन्त्र निर्माण गर्ने संयन्त्र पनि हो ।सहकारी क्षेत्रमा सामाजिक अन्तरआबध्दताको भावना छ यसैले यो सामाजिक उर्जाको माध्यमव्दारा सामाजिक न्यायको प्रबर्ध्दन गर्ने र समृध्दि हासिलमा सहयोग गर्ने सामर्थ्य भएको संयन्त्र पनि हो ।सहकारी क्षेत्रले विकासका नवीनतम अवधारणा विशेष गरि दिगो विकास लक्ष्य प्राप्ति र यसको स्थानीयकरण तथा आन्तरिकीकरणमा समेत महत्वपूर्ण योगदान दिने सामर्थ्य राख्दछ ।

यस क्षेत्रले वित्तीय साक्षरता, वित्तीय पहुँच एवं वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, लोकतान्त्रिक अभ्यास एवं सामाजिक पूँजी निर्माणमा धेरै ठूलो भूमिका खेलेको छ । समुदायमा आधारित, सुशासनमा संचालन भएका सहकारी संस्थाहरूले आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । तर, पछिल्लो समय कतिपय सहकारी संकटग्रस्त बन्दै गएपछि सहकारी अभियानप्रति प्रश्न उठ्न थालेको छ । बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थाहरु पनि बचत र ऋण तर्फ केन्द्रित हुने र बचत र ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको संख्यात्मक बढोत्तरीको साथसाथै यी संस्थाहरु विषयगत बैंकिंगको मूल्य मान्यता भन्दा परम्परागत बैंकिंगका मूल्य मान्यता तर्फ आकर्षित हुने तर परम्परागत बैंकिंगका आधारभूत आवश्यकता र यसका अवसर तथा चुनौतीहरुको सन्दर्भसँग अनुकुलित हुने क्षमताको अभाव तथा आफ्नो कार्यक्षेत्र भन्दा वाहिरको भिन्न कार्यक्षेत्रमा संलग्न हुदा यसमा समस्या आउनु स्वभाविकै हो । यति हुँदा हुँदै पनि स्व-अनुशासन र स्व नियमनको भावनावाट अभिप्रेरित कैयन बचत तथा ऋण सहकारी संस्थाहरुले सकारात्मक काम गरिरहेको र सहकारीको मूल्य मान्यता र आदर्शलाई कायम राख्न सकेको देखिन्छ ।

सहकारीमा विकृतिको शुरुवात

बचत संकलनको नाममा सहकारीको मान्यता विपरित सदस्यहरुको संख्या वृद्धि, क्षणिक आकर्षणको लागि बैकिंग क्षेत्रले दिएको भन्दा बढी व्याज दिने आकर्षक योजना, बचत लगानी र तरलतावीच सामञ्जस्यताको अभाव, लगानी फिर्ताको सुनिश्चितताको अभाव, कारोवारहरुमा सदस्यहरुवीच पारदर्शिताको अभाव कैयन बचत तथा ऋण सहकारी संस्थाहरुको समान प्रकृतिका समस्याहरु देखिन थाले । अर्को तर्फ बैंकिंग प्रणाली बुझेका र बुध्दिजीविहरु नै क्षणिक लाभको आकर्षणमा बैंक वा वित्तीय संस्थामा रहेको रकम झिकि सहकारी संस्थामा रकम राख्ने प्रवृत्ति बढेको र यस्ता सहकारी संस्थाहरुमा समस्या नआउँदासम्म चूप लागेर वस्ने सानातिना समस्या आउंदा त्यसको ढाकछोप गर्ने र समस्या भुसको आगो झै बढिसकेपछि मात्र बचत फिर्ताको माग गर्ने प्रवृत्ति पनि कायमै रहे । केही सहकारी संस्थाहरुमा सञ्चालकहरुलाई साधारण सभाले बढि अधिकारसम्पन्न बनायो जसवाट सञ्चालकको हित केन्द्रित हुने किसिमवाट लगानीहरु हुन थाले । यस्ता प्रवृत्ति हुर्कनुमा सम्बन्धित सहकारी संस्थाहरुको कमजोरी त रहन नै गयो यसको अतिरिक्त सहकारी अभियन्ताहरु र यसका नेतृत्वकर्ताहरुमा सामयिक संवेदनशीलताको अभाव देखिन गयो ।गलत कार्य गर्ने सहकारी संस्थाहरु र यसका सञ्चालकहरुलाई सही वाटोमा ल्याउन सहकारी संस्थाहरुका छाता संस्थाको भूमिका अवश्य नै प्रभावकारी वन्दथ्यो तर यो भूमिका त्यति अनुभूत हुने गरि उजागर हुन सकेन । नियामक निकायहरुको पनि यो मामिलामा कमजोर देखियो ।अहिले केही सहकारी संस्थाहरु बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । यसको नकारात्मक प्रभाव सवैजसो बचत तथा ऋण सहकारी संस्थाहरुमा पर्न गएको छ। यसले समग्र सहकारी अभियानमाथि नै प्रश्न उठिरहेको छ।सहकारी क्षेत्रको आन्तरिक अनुशासन, नियामक निकायवाट हुने अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण हो । समग्र सहकारी संस्थाको ठूलो हिस्सा वित्तीय कारोबार गर्दछ।बचत तथा ऋण सहकारी बाहेक अन्य विषयगत संस्थाको पनि वित्तीय कारोबारकै प्राधान्यता रहेको छ । यस्ता कारोवारको जोखिम न्यूनीकरणका उपकरणहरुको प्रयोग हुन नसक्नु अर्को कमजोरीको क्षेत्र हो।नियमन पक्ष कमजोर र आन्तरिक अनुशासनको परिपालनामा सजगता नदेखाउने सहकारी संस्थाहरुको सहकारी मूल्य, मान्यता र आदर्शबाट विचलित हुँदै गएको देखिएको छ ।

सहकारी संस्थाहरुको संस्थागत सुशासन र स्व अनुशासन कसरी वढाउने

सहकारी संस्थाहरुको संस्थागत सुशासन र स्व अनुशासन कसरी वढाउने भन्ने विषयमा यहांले जुन चासो देखाउनु भयो अहिलेको प्रमुख आश्कयता यहि हो।केही सहकारी संस्थाहरुमा कायम हुन नसकेको संस्थागत र स्व अनुशासनको कारणले समग्र सहकारी अभियानमा जसरी प्रश्न उठेको छ यसमा सहकारी संस्था र संचालकहरु तथा नियामक निकायहरु संवेदनशील बन्नु अपरिहार्य छ । यसका लागि सहकारी संघ÷संस्थाहरूको सुसंचालन तथा व्यवस्थापन अन्तर्राष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप सहकारी आन्दोलनलाई सशक्त बनाउंदै सहकारी संस्कृतिको निर्माण तथा उद्देश्य प्राप्तिका लागि बल पु¥याउन संघ÷संस्थाको पदीय दायित्वमा रहने समिति÷उपसमितिका सदस्यहरू, साधारण सदस्यहरू र कर्मचारीहरूको क्रियाकलापलाई जिम्मेवारीपूर्ण इमान्दार, अनुशासित, पारदर्शी सुशासन एवं मर्यादित बनाउन तयार गरिएको आचार संहिता र सहकारीमा सुशासनको अवधारणाको पूर्ण परिपालना हुनु आवश्यक छ । सहकारी क्षेत्रले केही विषयहरुमा दिगो नीतिको सम्बोधन खोजिरहेको छ । स्थिरीकरण कोषको प्रबर्ध्दन, बचत र कर्जा सुरक्षण कोषको निर्माण, कर्जा सूचना केन्द्रको स्थापना वित्तीय सहकारी संस्थाहरुको विशिष्ट संचालन प्रणाली, सम्पत्ती शुध्दीकरणबाट मुक्त सहकारी संस्था निर्माण तर्फ अग्रसरता अर्थतन्त्रको एउटा कमजोर खम्बा होइन सामाजिक उर्जा र सामाजिक सौहार्दताको प्रखर संभावना सहितको विश्वासिलो खम्बा बनाउने जस्ता पक्षहरुमा व्यापक मात्रामा नीतिगत सम्बोधनको आवश्यकता छ । यी विषयहरुमा समग्र सहकारी अभियान र अभियन्ताहरुवाट सकारात्मक पृष्ठपोषणको आश्यकता छ । यी नीतिगत पक्षहरुको तर्जुमा कार्यान्वयन र परिपालनाको आयामलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने वारेमा अभियान भित्रै विज्ञहरुको अध्ययन कार्य समूहको पनि आवश्यकता देखिन्छ ।

सात दशक लामो इतिहास भएको र जनजन र समुदायस्तरमा पुगेको सहकारी क्षेत्र यसरी समस्यामा पर्नु भनेको राम्रो होइन । केही खराब नियतका ठुला सहकारी सञ्चालकहरूको कारण अहिले यो क्षेत्र नै आरोपित छ । यसले राम्रो काम गर्नेहरूलाई पनि अविश्वासको घेरामा रहनु परेकोछ । सहकारीको पुरानो पहिचान मेटिने अवस्थामा छ । सहकारी अभियानको नेतृत्वले आफ्ना समयमा यति ठुलो समस्या आउँदा आफ्नो भूमिका र कमजोरीको विवेचना गर्दै तदनुरुप सुधार हुदै जानु आश्यक छ ।

नेपाल सरकार अन्तरगतको सहकारी विभाग, प्रदेश र स्थानीय तहका सहकारी क्षेत्र हेर्ने निकायले सहकारी क्षेत्रलाई अनुशासनयुक्त र विश्वासिलो संस्था बनाउनमा आवश्यकता अनुसार नियमन र सहजीकरण गर्नु आवश्यक देखिन्छ । अर्थतन्त्रको एउटा खम्वा समुदाय सशक्तिकरणको प्रखर संभावना बोकेको र सामाजिक सौहार्दतामा आधारित अर्थतन्त्रको धरोहरको रुपमा रहेको सहकारी अभियान समक्ष अव अभियानमा भित्रिएका विकृतिहरुको नियन्त्रण गरि यसको साख र भूमिकालाई पुनर्जीवन दिनु आवश्यक छ । सहकारी संस्थाहरु र सञ्चालकहरु अनुशासनको आयाममा आफै अग्रसर र अनुकरणीय बन्नु आवश्यक छ। जसरी शरीर सफा राख्न टाउको देखिनै नुहाउनु पर्दछ त्यसरी नै नेतृत्व वाटै सदाचारितार अनुशासनको परिपालनाको शुरुवात हुनु आवश्यक छ साथै नियामक निकायहरुको पनि नियमन र अनुगमन क्षमता प्रभावकारी हुनु आवश्यक छ ।

 

के सवै सहकारीहरु समस्याग्रस्त हुन् 

समुदायमा आधारित, सुशासनमा संचालन भएका सहकारी संस्थाहरूले आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । तर, पछिल्लो समय कतिपय सहकारी संकटग्रस्त बन्दै गएपछि समग्र सहकारी अभियानप्रति प्रश्न उठ्न थालेको छ । समग्र सहकारी क्षेत्रको नै विश्वसनीयता गुम्न थालेको छ । राम्रा काम गर्नेहरु पनि गलत काम गर्नेको कारण वाट सशंकित हुनु पर्ने वातावरण सिर्जना हुनु किमार्थ राम्रो होइन।सवै सहकारीलाई एउटै डालोमा राखेर हेर्ने परिपाटीको अन्त्य गर्न राम्रा लाई प्रोत्साहन र नराम्रालाई कानूनी दायरामा ल्याउन सक्नु पर्दछ । यस कार्यमा समेत सहकारी अभियानको सकारात्मक भूमिका रहनु आवश्यक छ ।

बचतकर्ताहरुको डुवेको रकम फिर्ता गराउने दायित्व

सहकारी संस्थाले सदस्यको बचत फिर्ता नगरेको, संचालकहरू फरार भएको वा सहकारी संस्था डुबेको भन्ने जस्ता समाचार आउने गरेको र यो समस्या विकराल बन्दै गइरहेको सन्दर्भमा नेपाल सरकारले केही महिना अगाडी सहकारी समस्या समाधान सुझाव कार्यदल समेत गठन गरेको थियो र यस्ता कार्यदलहरु यसपूर्व समेत गठन भएका थिए । देशको अर्थतन्त्रको एउटा खम्बा सामाजिक न्यायको प्रबर्ध्दनमा योगदान पुर्याइरहेको वित्तीय साक्षरता, वित्तीय पहुँच एवं वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, लोकतान्त्रिक अभ्यास एवं सामाजिक पूँजी निर्माणमा धेरै ठूलो भूमिका खेलेको सहकारी संस्था विशेष गरि बचत तथा ऋण सहकारी संस्थाहरुमा बचतकर्ताको बचत सुरक्षा हुन नसकेको र माग गरेका बखत बचत फिर्ता नभएका घटनाहरुले समग्र सहकारी अभियान माथि विश्वासको संकट पैदा हुन पुग्यो । यस्तो वातावरणले सहकारीको मूल्य र मान्यता प्रति प्रतिबध्द रहेका र अनुशासनको परिपालना गरेका सहकारी संस्थाहरु अन्यायमा पर्न पुगे । मूलत सहकारी अभियान गलत थिएन यसका सिध्दान्त मूल्य र मान्यताहरु गलत थिएनन् । तर यसका केही पात्रहरुको गलत प्रवृत्तिका कारणले समग्र सहकारी अभियान प्रतिरक्षात्मक स्थितिमा पुगेको छ यसलाई यथास्थितिमा ल्याइ पुनर्जीवन दिने दायित्व वर्तमान नेतृत्व र अभियन्ताहरु समक्ष रहेको छ ।यसमा नियामक निकाय सहकारी विभाग पनि प्रभावकारी भूमिका सहित अगाडी बढ्नु आश्यक छ । एकात्मक राज्य प्रणालीमा रहेको सकारी विभागको तत्कालीन भूमिकामा संकुचन आएको भएपनि संघीय संरचनामा यसका दायित्वहरु थप विस्तार भएका छन्। सो अनुरुपको भूमिका निर्वाह गर्न सहकारी विभागको सकारात्मक भूमिकाको अपेक्षा सरोकारवालाहरुले गरिरहेका छन् ।

 

सहकारी क्षेत्रको नियमनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ

सहकारी क्षेत्रको आन्तरिक अनुशासन, नियामक निकायवाट हुने अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण हो । सहकारी क्षेत्रको आन्तरिक अनुशासन कायम गर्नमा नेफ्स्कूनको वर्तमान नेतृत्व समक्ष अव ढिलो गर्ने सुविधा छैन । समग्र सहकारी संस्थाको ठूलो हिस्सा वित्तीय कारोबारमा संलग्न रहेका छन् । बचत तथा ऋण सहकारी बाहेक अन्य विषयगत संस्थाको पनि वित्तीय कारोबारकै प्राधान्यता रहेको छ । यस्ता कारोवारको जोखिम न्यूनीकरणका उपकरणहरुको प्रयोग हुन नसक्नु अर्को कमजोरीको क्षेत्र हो । नियमन पक्ष कमजोर र आन्तरिक अनुशासनको परिपालनामा सजगता नदेखाउने सहकारी संस्थाहरुको सहकारी मूल्य, मान्यता र आदर्शबाट विचलित हुँदै गएको देखिएको छ । यस्ता कमीकमजोरीहरुको न्यूनीकरण गर्न सवै तहका सहकारी संस्थाहरुको वर्तमान नेतृत्व प्रोएक्टिभ हुनु अत्यावश्यक छ । सहकारी संस्थाहरुमा स्व अनुशासनको परिपालना हुन नसकेको क्षेत्र एकै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन नसक्ने प्राबधानको पूर्ण कार्यान्वयन हुन नसक्नु पनि हो यस्ता कमीकमजोरी वा गलत प्रवृत्तिलाई बढावा दिने वा चूपचाप बस्ने कामवाट नेतृत्व मुक्त हुनु आवश्यक छ ।

Sharestha treating