प्राचीन किराँत जातिको सामान्य परिचय

7.2K
shares

 

 

नेपालमा गोपाल वंश ( गाई पाल्ने समुदाय ) महिषपाल वंश ( भैंसी पाल्ने समुदाय ) पछि किराँत वंशले राज्य विस्तार गरेका थिए ।

 

किराँतहरू पूर्वी पहाडको तामाकोशी र दुधकोशी किनार जङ्‌गली र पहाडीहरूको एक भूमिपुत्र मूलवासी थिए । जून मध्य रसिया भारत र हिमालयबाट आएका थिए । किराँत शब्दले नेपालका वर्तमान चाम्लिङ याक्खा, लिम्बु, राई, सुनुवार जातिलाई जनाउँछ । यो समुदायले सुंगुर पालनको शुरुवात गरेको पाइन्छ ।

 

किराँत‌को उपस्थिति वेदको रचना हुनुभन्दा पहिले देखिनै नेपालमा रहेको र उनीहरू बौद्ध धर्मावलम्वी थिए । पशुपालन, कृषि, कला कौशल उद्योग, व्यापारको विस्तार गरी उत्पादित समानको निकास चीन , तिब्बत र भारतसँग निकै राम्रो ब्यापार गरेका थिए जुन अहिलेसम्मको सरकारले गर्न सकेको छैन । त्यस तथ्यबाट किराँतीहरु सम्पन्न र वैभवशाली थिए भन्न सकिन्छ ।

 

पौराणिक ग्रन्थका अनुसार महिषपाल वंशका अन्तिम राजा भूवन सिंहलाई युद्धमा पराजित गरी राज्य विस्तार गर्ने प्रथम किराँती राजा यलम्बर थिए । केही विद्वानहरुको भनाइअनुसार किराँत शब्दको उत्पत्ति भूमध्य सागरीय क्षेत्रमा बोलिने ‘मोवाइट ‘ भाषाको ‘किरीयाट ‘ भन्ने शब्द अपभ्रंश भई किराँत भएको हो भन्ने पाइन्छ।

 

कतै किराँतहरूको उद्‌गमस्थल अफ्रिकालाई मानेका त कतै पर्सियाको उत्तरी मैदान र मिश्रलाई समेत मानेको पाइन्छ ? हिन्द महासागर र चीन आसपास क्षेत्र‌मा बसोवास गर्ने मानव शारीरिक बनोट मिल्ने हुदा चीन, जापान, कम्बोडिया, अफ्रिका, भियतनाम र भारतको अछाम नागाल्याड , मणिपुर, बङ्‌गालदेखि त्रिपुरास‌म्म बसोवास गर्ने मङ्‌गोल जाति र नेपालको पूर्वी हिमाल‌मा वसोबास गर्ने किराँत जातिको उद्‌गमस्थल एउटै रहेको मानिन्छ ।, इशापूर्व १२०० तिर किराँतहरू नेपाल प्रदेश गरेका थिए ।

 

किरात ग्रन्थ ‘मुन्धुम’ मा उल्लेख भएअनुसार मनाफेवामाङ नामक किराँत राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख पाइन्छ भने नेपालको इतिहास‌मा यिनीहरू बाहिरबाट नै नेपाल प्रवेश गरेका थिए भन्ने पाइन्छ।

 

किराँतको अस्तित्व लिच्छविकालीन अभिलेखबाट र ईशापूर्वका केही मूर्तिहरुको बनावट , अंशुबर्माको हनु‌मानढोका अभिलेख, पशुपतिको विरुपाक्षको साक्षात रूप किराँतको आकार झल्काएको पाइन्छ ।

 

राइट वंशावलीमा महाभारतको चर्चा गर्दै सातौँ किराँती राजा जितेदास्तीले महाभारतको युद्ध‌मा भाग लिएको उल्लेख गर्दै उनको मृत्यु पनि सोही युद्धमा भएको उल्लेख पाइन्छ । बौद्ध वंशावलीका यिनै जितेदास्तीको समयमा गौतमबुद्ध नेपाल खाल्डोमा आएका थिए भन्ने उल्लेख पनि पाइन्छ ।

राइट वंशाव‌लीमा छैठौं राजा हुमतीको समयमा द्वापर युगका अर्जुनको किरातेश्वरसँग युद्ध र वर प्राप्तिको कथा पाइन्छ । चौँथो किराँती राजा स्थुंकोको शासनकालमा भारतका मौर्य सम्राट अशोक परिवारका साथ नेपाल आगमन भएको र आफ्नी छोरी चारुमतिको विवाह , नेपालमा देवताहरूको बास रहेको मानी राजकु‌मार देवपालसँग गराएका थिए । सम्राट् अशोकले विभिन्न चैत्य पनि निर्माण गरेका र लुम्बिनीमा अशोक स्तम्भ पनि बनाएका थिए , जुन अहिले पनि देख्न सकिन्छ । देवपाल र चारुमतिले भिक्षु ग्रहण गरेका थिए । चारुमतिले चारुमति विहार निर्माण गराइन, जुन ठाउँलाई आज चावहिलका नामले चिनिन्छ ।

 

किराँतहरू २९ पुस्ताले शासन गरेका जसमा ३२ राजाहरुले करिब १५०० वर्ष शासन गरेको इतिहास पाइन्छ । उनीहरूको राजधानी देवपाटन थियो । नेपालमा राजतन्त्रको व्यवस्थित शुरुवात पनि किराँतकालमा नै भएको हो भन्ने पाइन्छ। किराँतहरु शिकार गर्ने, लडाकु इतिहास बोकेको थिए । त्यस शासनकालमा शैव धर्म (शिव धर्म ) र बौद्ध धर्मको वर्चस्व थियो । इन्द्रजात्राको खम्बामा राखिने टाउको पनि किराँत कालीन राजा यलम्बरको हो भन्ने भनाइ रहेको छ ।

किरात वंशका अन्तिम राजा गस्तीको समयमा पश्चिमका सोमवंशी राजा निमिष टंकारले आक्रमण गरी युद्धमा पराजित गरेका थिए । केही विद्वानहरुले किराँतहरुलाई पराजित गर्ने निमिष टंकारलाई सूर्यवंशी लिच्छवि हुन् भनि मानेको पाइन्छ । अन्तिम किराँती राजा गस्ती पछि करिब १५०० वर्ष लामो इतिहास बोकेको किराँत काल समाप्त भएको थियो ।

नेपालको कपिलवस्तु पूर्वका कोली जातिसँग किराँत शाषा हुनुको पुष्टि हुन्छ जुन साविककाल किराँत काल थियो ।

एकातर्फ संस्कृतबाट ‘कीर्ति ‘को अर्थ फैलिनु हुन्छ कीर्ति शब्दबाट किराँत बनेको हो भन्ने पाइन्छ भने अर्कोतर्फ संस्कृतको ‘किरीट’ शब्दको अर्थ ‘मुकुट’ हुन्छ । त्यही किरीट शब्दबाट किराँत मुकुट/ श्रीपेच लगाउने राजा हो भन्ने पनि पाइन्छ ।

भूमिका गैरे तिमिल्सिना 

गैंडाकोट ४, नवलपुर

 

civil hospital
Hams Hospitals