अख्तियारमा काज रहेकी महिला विकास निरीक्षकलाई सात दिन भित्र हाजिर हुन मेयरको पत्र 

1.3K
shares

 

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा कार्यरत महिला विकास निरीक्षक अञ्जुका दहाल ओझालाई कार्य फिर्ता गरेको छ।

 

नगर प्रमुख बालकृष्ण बस्नेतको हस्ताक्षर रहेको पत्रअनुसार, निज ओझालाई २०७९ साल फागुन ४ गतेको निर्णयअनुसार आयोगमा खटाइएको थियो। स्थानीय तह सेवा ऐन, २०७९ को दफा १८ अनुसार, कर्मचारीलाई निज कार्यरत कार्यालयबाट अन्य मन्त्रालय, आयोग वा कार्यालयमा अधिकतम १ वर्ष ३ महिनाका लागि मात्र खटाउन सकिने व्यवस्था रहेकाले सो अवधि समाप्त भएपछि बाह्रबिसे नगरपालिकाले उहाँलाई कार्य फिर्ता गरेको हो।

 

पत्रमा भनिएको छ, अबको ७ दिनभित्र ओझा बाह्रबिसे नगरपालिकामा कार्यभार सम्हाल्न हाजिर हुनुपर्नेछ। अन्यथा नगरपालिकाबाट तलब तथा भत्ता भुक्तानी नहुने उल्लेख गरिएको छ।

 

उक्त पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार र आर्थिक प्रशासन शाखा, बाह्रबिसे नगरपालिकामा जानकारीका लागि पठाइएको छ।

civil hospital
Hams Hospitals