प्रधानमन्त्रीको जिल्लावासी र पूर्वसचिवको भाइ भन्दै राजस्वमा मस्ती मार्ने भण्डारी 

28.6K
shares
Nabil bank

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सयौँ कर्मचारी सरुवा गरिन् । अनि कर्मचारीलाई अन्यायमा पर्न नदिने भन्दै भाषण पनि गरिरहेकी छिन् । तर, पहुँचवालाका मान्छेलाई भने उनले छुन पनि सकेकी छैनन् । भनसुन गर्न नसक्ने र शक्ति केन्द्र प्रयोग गर्न नसक्ने कर्मचारीलाई उनले दुर्गम वाट दुर्गम नै सरुवा गरेर पाडेपजनी गरिरहेकी छिन् । भर्खरै सरुवा भएका अधिकृत र उपसचिवको तथ्य हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । कर्णालीमा बसेका कर्मचारीलाई पुनः कर्णालीमै पठाउने कृतिमान पनि मन्त्री न्यौपानेको पालामा भएको भन्दै सिंहदरवार भित्र कर्मचारी नै मन्त्रीलाई व्यङ्ग कस्न थालेका छन् ।

 

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाका पारस भण्डारी  पछिल्लो समय ०७८ पुष १९ देखि राजस्व अनुसन्धान विभागमा छन् । चार वर्ष उनले त्यही मस्ती मारिरहेका छन् । यो विभाग कर्मचारीको भाषामा मालदार अड्डा हो ।

नायबसुब्बा पदका भण्डारी प्रधानमन्त्रीको सचिवालयमा प्रभाव पारेर लामोसमयसम्म मालदार मानिने राजस्व अनुसन्धानमा छन् । उनले प्रधानमन्त्रीकै रवाफ दिएर व्यवसायी धम्क्याएको पीडितहरू बताउँछन् । त्यसोत काँग्रेस लाइनमा भने आफ्ना दाजु  केवल भण्डारीको प्रयोग गरिरहेका छन् । त्यही भएर  उनले दुःखका कार्यालय कहिल्यै बस्नु परेको छैन । सुब्बा नै भएपनि जागिरको अवधिमा उनले गरेको आर्जनले छिमेकीहरू पनि अचम्ममा पारेको छ । भण्डारी लिलामको काममा पोख्छ छन् । लाइन मिलाएर लिलाममा उनले गरेका अवैध आर्जन पहुँचवालाको घरमा पनि  पुग्ने गरेको छ । झापा घरको नाममा उनले प्रधानमन्त्री केपी ओलीको कार्यालयमा पनि बुझाउनु पर्छ भन्दै अवैध असुलीको काम गर्ने एक व्यवसायीले बताए । त्यसकारण पनि उनी पटक पटक राजस्व अनुसन्धान विभागमा जाने गरेका छन् ।

यस अघि उद्योग विभागजस्तो मालदार अड्डामा रहेका भण्डारी उद्योग विभाग भन्दा अघि पनि राजस्व अनुसन्धान विभागमा नै थिए । २०७६ फागुन २२ मा राजस्व अनुसन्धान विभागमा उनको पदस्थापना भएको हो ।

 

अझ अचम्म लाग्दो बिषय त भण्डारी २०७२ असोज १३ मा पनि राजस्व अनुसन्धान विभागमा नै सरुवा भएका थिए । ०६९ असारमा बढुवा भएका भण्डारी मालदार मानिने वाणिज्य मन्त्रालय अन्तर्गत काम गर्थे । २०५३ सालमा जेठमा जिल्ला प्रशासन कार्यालयमा खरिदार नियुक्ति भएका थिए ।

 

२०३४ सालमा जन्मिएका भण्डारीले २०४९ सालमा  एसएलसी पास गरेको विवरण पेश गरेका छन् । त्यसभन्दा माथिल्लो तहमा उनको अध्ययन देखिएको छैन । लामो समय राजस्व अनुसन्धान विभागमा बसेका कारण हरेक व्यवसायीको जन्मकुण्डली उनलाई कण्ठ छ ।

 

सोही आधारमा जुनसुकै महानिर्देशकको पनि उठौती गर्ने घुमुवाका रुपमा उनले काम गरिरहेका छन् । अकुत सम्पति कमाएर वसेका भण्डारी अझै पनि कसैले चलाउन नसक्ने भन्दै व्यवसायी थर्काउन् र असुल गर्दै महानिर्देशकसम्म पुर्याउने गर्दछन् ।

 

व्यवसायीहरूको आरोपअनुसार, यी कर्मचारीहरूले नियोजित रूपमा व्यापारीलाई फसाउने गरेका छन् । राम्रो रकम नदिए विभिन्न बहाना बनाएर गाडी समात्ने, बिगो तिर्न लगाउने मात्र होइन, धम्की दिने काम पनि हुने गरेको बताइन्छ ।

 

यो विषयमा चासो राख्दा भण्डारी सम्पर्कमा आउन चाहेनन् ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

राजस्व अनुसन्धान विभागमा वर्षौंसम्म किन टिक्छन् यी कर्मचारी ? 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited