Banner ad for NADA AUTO SHOW -2026

पत्रकारलाई लाग्यो गोली

1.2K
shares

काठमाडौँ । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा रबरको गोली लागेको हो ।

 

प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ। माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद् भवन भित्रै प्रवेश गरेको थियो ।

 

उनीहरूलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो ।

civil hospital
Hams Hospitals