भक्तपुर मालपोतका सुब्बाले  कर्मचारीकै जग्गा हजम बनाएको भन्दै सचिव समक्ष उजुरी 

4.7K
shares

 

भक्तपुर । भक्तपुर जिल्ला  मालपोत कार्यालयका एक कर्मचारीमाथि अनियमित कार्य गरेको आरोप लागेको छ । चाँगुनारायण नगरपालिका ८  का केशव कार्कीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उजुरी दर्ता गर्दै कार्यालयका नायब सुब्बा डम्बर बहादुर कार्कीले कानुन विपरीत जग्गा नाप–नक्सा परिवर्तन गरेको आरोप लगाएका हुन् ।  केशव पनि सरकारी कर्मचारी हुन् । उनी कार्यालय सहायकका रुपमा काम गरिरहेका छन् ।

 

भक्तपुरको तत्कालिन सुडाल गाउँपालिका–४ मा रहेको कित्ता नम्बर १२४५ क्षेत्रफल १४–१२–० जग्गा सम्बन्धमा अदालतको आदेश विपरीत कार्य गरी नयाँ नक्सा तयार गरिएको आरोप लगाएका छन्।कार्कीको भनाइअनुसार सो जग्गा विभिन्न अदालतहरूमा विवादमा रहेकाले अदालतको फैसलाअनुसार मात्र नाप–नक्सा संशोधन हुनुपर्नेमा मालपोत कार्यालयका कर्मचारीले आर्थिक लेनदेनमा कानुन विपरीत कार्य गरेको आरोप लागेको हो ।

 

सुब्बा कार्कीलाई कार्वाही गरी भक्तपुर जिल्ला अदालतको बण्डा मुचुल्का अनुसार नाप नक्सा संशोधन गर्न पनि पीडितले माग गरेका छन् । तर, यो मिलाउनका लागि सुब्बा कार्कीले ठुलो रकम माग गरेको बताइन्छ ।

 

उजुरीमा मन्त्रालयलाई सो प्रकरणबारे छानबिन गरी कानुन विपरीत काम गर्ने कर्मचारीमाथि कारबाही गर्न र अदालतको आदेशअनुसार नाप–नक्सा पुनः संशोधन गर्न माग गरिएको छ । मालपोतको मुद्दा फाँटमा रहेका कार्की मन्त्रालयदेखि बिभागसम्म पहुँच राख्ने सुब्बा हुन् । भक्तपुरमा रहेका अनेकौँ जग्गा व्यक्तिको नाममा पार्ने काममा उनको अगुवाइ देखिन्छ । केही महिना अघि त्यहाँका कार्यालय प्रमुख कुमार आचार्य रकमसहित अख्तियारको फन्दामा परेका थिए ।

 

तर, कार्कीसहितको टोलीले २५ लाख घुस लिएर गरेको काममा प्रमुख मात्र पक्राउ परेका थिए । कार्की भने भागेर उम्किएको आचार्यको बयानमा उल्लेख छ । लामो समयदेखि मालपोत भक्तपुरमा बसेका कार्कीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन फाँटका उपसचिव भीमकान्त पौडेलले लाइन मिलाएर सरुवा रोकिरहेका छन् । पटक पटक सरुवा भए पनि कार्की मालपोतमा रहेका छन् ।

 

त्यसोत उनको सरुवा भक्तपुर मालपोतमा भएको अभिलेखसमेत छोपिएको छ । डन सुब्बाको पहिचान बनाएका अवैध आर्जन गरेर मन्त्रालयका सचिवदेखि विभागका महानिर्देशकसम्म उठौती लैजाने गरेका कारण उनलाई कसैले चलाउन नसकेको मन्त्रालयका एक सुब्बाले बताए ।

 

बिचौलियाको सेटिङ्गका कर्मचारीले भक्तपुर मालपोत भसक्कै

 

 

मन्त्रीले घुस ‘डिल’ गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव झनै रकमी 

civil hospital
Hams Hospitals