सुनको मूल्य फेरि उक्लियो, प्रति तोला २ हजार बढेर २ लाख ५२ हजार १०० पुग्यो

1.1K
shares
Nabil bank

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

मंगलबार भने सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ। तोलामा डेढ सय रुपैयाँ बढेर आज ३ हजार सात सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तीन हजार ६ सयमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited