निमित्त प्रबन्ध निर्देशक नियुक्तिपछि नेपाल टेलिकममा विवाद छताछुल्ल 

2.7K
shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रिना डङ्गोललाई जिम्मेवारी दिइएपछि संस्थाभित्र विवाद चर्किएको छ। कर्मचारी संगठनहरूले उक्त निर्णय योग्यता, वरिष्ठता र प्रचलित नियम–कानुनविपरीत भएको दाबी गर्दै विरोध जनाएका छन्।

हालै गरिएको जिम्मेवारी तोकाइ प्रक्रिया अपारदर्शी र नियमविपरीत भएको आरोप लगाउँदै नेपाल टेलिकमका विभिन्न कर्मचारी संगठनहरूले संयुक्त तथा छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन्। उनीहरूले निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

 

नेपाल टेलिकम कर्मचारी सेवा शर्त विनियमावली, २०६८ अनुसार कार्यालय प्रमुख बिदा वा पद रिक्त हुँदा सेवाक्रममा वरिष्ठ कर्मचारीलाई निमित्त जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको कर्मचारी पक्षको भनाइ छ। सो प्रावधान बेवास्ता गर्दै अन्य कर्मचारीलाई जिम्मेवारी दिइएको भन्दै संगठनहरूले असन्तुष्टि जनाएका छन्।

उनीहरूको तर्क अनुसार यसअघि समान परिस्थितिमा वरिष्ठ कर्मचारीलाई नै जिम्मेवारी दिइँदै आएको अभ्यास रहेको थियो। अहिले सो अभ्यास र विनियमावली दुवैलाई बेवास्ता गरिएको दाबी गरिएको छ।

 

नियुक्ति प्रक्रियामा सूचना तथा सञ्चार प्रविधि सचिव लक्ष्मी बस्नेतको भूमिका रहेको भन्दै केही कर्मचारी संगठनहरूले प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा निर्णय गर्दा संस्थागत परम्परा र विधिसम्मत प्रक्रियालाई पर्याप्त ध्यान नदिइएको छ।

 

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल टेलिकम) ले निर्णय नसच्चिए थप विरोधका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्। यस्तो निर्णयले संस्थाको आन्तरिक व्यवस्थापन, स्थायित्व र कर्मचारी मनोबलमा असर पर्ने उनीहरूको तर्क छ।

नेपाल टेलिकममा देखिएको यो विवादले सार्वजनिक संस्थामा जिम्मेवारी तोक्ने प्रक्रिया, पारदर्शिता र नियमअनुसार पदस्थापनाको विषयलाई पुनः चर्चामा ल्याएको छ। सम्बन्धित निकायबाट स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग समेत उठेको छ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

 

टेलिकममा अयोग्यलाई जिम्मेवारी दिन जेनजी मन्त्री र सचिवको रहस्यमय चलखेलको खुलासा

civil hospital
Hams Hospitals