हाइकुहरू
वि.सं.२०८२ फागुन १६ शनिवार
987
shares
shares
१.
सदाचार चम्के
नेतृत्वको मार्गदर्शक
राष्ट्र फुल्छ सधैं।
२.
नैतिक जीवन
सकारात्मक सोचको
प्रगति खोल्छ ढोका।
३.
सत्यको बाटो
अहंकार भत्किन्छ यहाँ
विश्वास बढ्छ मन।
४.
अनुशासन छ
सहिष्णुता र करुणा
समाज उज्यालो।
५.
डिजिटल युगमा
सदाचारको प्रकाश
भ्रम हटाउँछ सब।
६.
स्वार्थ नभएर
कर्तव्यमा ध्यान दिँदा
देश उन्नति गर्छ।
७.
नेतृत्व इमान
संगै कर्मचारीको
विश्वास बलियो।
८.
नागरिक सक्रिय
सदाचार पालन गर्दै
सुमधुर समाज।
९.
सहानुभूति सँगै
सत्य र विवेकको संग
राष्ट्र बलियो।
१०.
प्रविधि सजग
नैतिकता सँग सन्तुलन
समृद्धि सम्भव।





























