Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

रामेछापको दोरम्बा सैलुङ गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर, २०० जनाले लिए नि:शुल्क स्वास्थ्य सेवा

7K
shares

 

रामेछाप । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा दोरम्बा सैलुङ गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शनिबार सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो गाउँपालिकाका विभिन्न वडाका २ सय जानले स्वास्थ्य सेवा लिएका चिकित्सालयका प्रमुख दीपक कार्कीले जनकारी दिए ।

कार्कीका अनुसार शिविरमा बिरामीको जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो । शिविमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय तथा विभिन्न औषधि कम्पनीहरूले उपलब्ध गराएका औषधीहरू वितरण गरिएको हो ।

शिविरमा हाड–जोड्नीको दुखाई, पुरानो खोकी, छाला सम्बन्धी रोग, शरीर पोल्ने, झमझमाउने, युरिक एसिड, पायल्स, टाउको दुख्ने, नाक टालिने, महिलासम्बन्धी विभिन्न रोगका बिरामी उपचारको लागि आएका चिकित्सालयकी डाक्टर सविता भण्डारीले जानकारी दिइन् ।

चिकित्सालयले नागरिकलाई गाउँमा नै आयुर्वेदिक सेवा दिने उद्देश्यले गाउँ–गाउँमा नै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसको साथै घरदैलो सेवा पनि नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

civil hospital
Hams Hospitals