Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

सञ्चारमाध्यममाथिको रहस्यमय निगरानीप्रति रास्वपाको कडा आपत्ति, दोषी पहिचान गरी कारबाही गर्न सरकारसँग माग

1.7K
shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर परिचय नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस्तो गतिविधिले प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रत्यक्ष आक्रमण गरेको जनाएको छ।

महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने, त्रास सिर्जना गर्ने वा स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको उल्लेख गरिएको छ।

रास्वपाले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चारगृहलाई लक्ष्य बनाएर गरिने यस्ता शंकास्पद गतिविधिको तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। साथै घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।

पार्टीले सत्यमा आधारित पत्रकारितालाई कुनै पनि दबाब वा धम्कीले रोक्न नसकिने उल्लेख गर्दै सञ्चारकर्मीको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै रास्वपाले स्वतन्त्र पत्रकारिता, पूर्ण प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्‍याएको छ।

civil hospital
Hams Hospitals