टेलिकममा विभागीय जिम्मेवारी दिन मन्त्रीकै दबाब ?
वि.सं.२०८३ साउन ७ बिहीवार
shares
काठमाडौं । नेपाल टेलिकमकी एक अधिकारी रिना डंगोलको विभागीय जिम्मेवारीमा सन्चारमन्त्री नै जोडिएका छन् । यश परिवर्तनलाई लिएर नेपाल टेलिकमभित्र विवाद उत्पन्न भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्रमुख प्राविधिक शाखाका शाखा प्रमुखलाई बिदामा बस्न लगाई डंगोललाई उक्त जिम्मेवारी दिइएको छ । स्रोतका अनुसार डंगोलले आफूलाई सोही विभागमा राख्न दबाब गरेपछि मन्त्रालयबाट प्रत्यक्ष निर्देशन आएको थियो ।
डंगोल केही दिनमै अनिवार्य अवकाशमा जाँदैछिन्। उनीसँग बिदा बाँकी हुँदाहुँदै पनि बिदामा नबसी सोही विभागको जिम्मेवारी लिन खोज्नु र त्यसका लागि कार्यरत शाखा प्रमुखलाई बिदामा बस्न लगाइएको विषयले टेलिकमभित्र अनेक प्रश्न उठाएको कर्मचारीहरू बताउँछन्। त्यसमा मन्त्री बाटै चासो राखिनु शकास्पद रहेको छ ।
यस घटनालाई लिएर मन्त्रालय र डंगोलबीच कुनै विशेष स्वार्थ जोडिएको हो कि भन्ने आशंका समेत कर्मचारी वृत्तमा व्यक्त हुन थालेको छ।यस विषयमा नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेलाई सम्पर्क गर्दा आरोपको स्पष्ट खण्डन वा प्रक्रियाबारे जानकारी दिनुको सट्टा सञ्चारमाध्यमप्रति नै असन्तुष्टि व्यक्त गर्दै डंगोलको बचाउ गरेका छन् ।





























