निजामती अस्पतालमा आईटी प्रणाली अस्तव्यस्त,  इन्जिनियर हटाएर सुव्वाको थुप्रो  

456
shares

काठमाडौं । निजामती अस्पतालको सूचना प्रविधि (आईटी) प्रणाली लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । अस्पतालको कम्प्युटर प्रणाली, सिसिटिभी तथा अन्य डिजिटल सेवा पटक–पटक अवरुद्ध हुँदा दैनिक सेवा प्रवाहमा असर परेको  छ।

 

यसअघि आईटी इन्जिनियरको जिम्मेवारीमा रहेका बोधराज बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि इन्जिनियर पद रिक्त रहेको छ। इन्जिनियरको अभावका कारण प्राविधिक समस्या समयमै समाधान हुन सकेको छैन।

 

हाल  कम्प्युटर टेक्निसियनले प्राविधिक समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह नगरेको तथा फोनसमेत उठाउने नगरेको आरोप छ ।

 

सिसिटिभी प्रणाली लामो समयसम्म मर्मत नहुँदा अस्पताल परिसरमा मोटरसाइकलको हेल्मेट हराउने, पार्किङमा राखिएका सवारीसाधनमा क्षति पुर्‍याउने जस्ता घटना बढेको भन्दै सेवाग्राहीले सुरक्षा व्यवस्थाप्रति पनि प्रश्न उठाएका छन्।

 

अस्पतालको संगठन तथा व्यवस्थापन (ओएन्डएम) अनुसार एक उपसचिव, दुई प्रशासन शाखा अधिकृत, एक लेखा अधिकृत, एक कम्प्युटर इन्जिनियर, दुई नायब सुब्बा र एक लेखापालको दरबन्दी रहेको छ । तर  इन्जिनियरको पद रिक्त रहँदा दुई जना नायब सुब्बा अतिरिक्त रूपमा कार्यरत छन्। दरबन्दी व्यवस्थापनमा असन्तुलन हुँदा आईटी सेवा प्रभावित भएको त्याहाका कर्मचारीले बताए ।

 

नयाँ कार्यकारी निर्देशक ( नियुक्त भएपछि अस्पतालमा सुधारको अपेक्षा गरे पनि अपेक्षित परिवर्तन देखिएको छैन ।  प्राविधिक व्यवस्थापन र प्रशासनिक समन्वयमा अझै सुधार आवश्यक छ। कतिपय कर्मचारीले उच्च तहबाट आवश्यक सहयोग नपाएको पनि बताएका छन् ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

सिभिल अस्पतालको विरामी सिस्टम : बिहान ४ बजेदेखि लाइनमा बसेका बिरामी अलपत्र, टिकट नै नकटेपछि नाराबाजी

civil hospital
Hams Hospitals