Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

भूमि व्यवस्थापन तथा अभिलेख विभागमाथि मन्त्रीकै सचिवालयको ठाडो हस्तक्षेप

99
shares

 

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको प्रशासनिक काममा मन्त्रीकै सचिवालयबाट ठाडो हस्तक्षेप भइरहेको छ ।

 

मन्त्रालयबाट विभागमा पठाइएका १३ जना नायब सुब्बालाई भूमि प्रशासन कार्यालयअन्तर्गत उपत्यकाका कार्यालयबाट हटाएर उपत्यकाबाहिर पठाइएको छ। तर, अन्य मन्त्रालयमा पठाइएका र ती कार्यालयमा रिक्त रहेका पदमा हालै सरुवा भएर आएका नायब सुब्बालाई भने मन्त्रीको सचिवालयबाटै दबाब दिएर पदस्थापन गरिएको  छ।

 

विभागले आफ्नो प्रशासनिक आवश्यकता र स्वीकृत दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न खोज्दा समेत मन्त्रीको सचिवालयबाट हस्तक्षेप हुने गरेको  छ।

 

‘विभागले उपत्यकाभित्रै ती कर्मचारीलाई पदस्थापन गरे मन्त्रीसामु उपस्थित भएर लिखित तथा मौखिक स्पष्टीकरण दिनुपर्ने’ भन्दै सचिवालयले विभागका कर्मचारीलाई धम्की दिने गरेको एक कर्मचारीले बताए।

 

ती कर्मचारीका अनुसार विभागको अधिकारक्षेत्रभित्र पर्ने कर्मचारी व्यवस्थापनमा समेत सचिवालयले प्रत्यक्ष हस्तक्षेप गर्न थालेपछि विभागका कर्मचारीहरू दबाबमा काम गर्न बाध्य भएका छन्।

 

भूमि प्रशासनजस्तो संवेदनशील क्षेत्रमा कर्मचारी सरुवा तथा पदस्थापनमा मन्त्रालय वा मन्त्रीको सचिवालयबाट हुने प्रत्यक्ष हस्तक्षेपले प्रशासनिक प्रक्रिया र कर्मचारी व्यवस्थापनको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

 

मन्त्रीकै सचिवालयबाट सरुवामा मनपरी

civil hospital
Hams Hospitals