Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

सुब्बालाई ‘डाँडै कटाउने’ आदेश 

96
shares

 

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारी सरुवामा मन्त्रीको सचिवालयबाटै हस्तक्षेप भएको आरोप सार्वजनिक भएको छ । मन्त्रालयले सरुवा गरेका केही सुब्बाहरूलाई मन्त्री प्रतिभा रावलको सचिवालयबाट फोन गरी विभिन्न मन्त्रालय तथा विभागमा पठाउन दबाब दिने गरिएको छ । अझ उनीहरुलाई ‘डाँडै कटाउने’ आदेश हुने गरेको पाइएको छ ।

 

 

सरुवा भएका तथा सरुवा भएर नयाँ कार्यालयमा पुगेका केही कर्मचारीहरूले आफूहरूमाथि ‘डाँडै कटाउने’ शैलीमा दबाब दिइएको गुनासो गरेका छन् । मन्त्रालयको नियमित कर्मचारी प्रशासन प्रक्रियामा सचिवालयबाट अनावश्यक हस्तक्षेप हुने गरेको छ ।

शाखा अधिकृत सुशील पनेरु, उपसचिव भीम बुढा, प्रशासन महाशाखा तथा सचिवालयसँग जोडिएका केही कर्मचारीहरु आफ्नै साथीहरुलाई ठेल्न र पेल्न सकृय छन् ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखादेखि मन्त्रीको सचिवालयसम्म एउटै जिल्लाका कर्मचारीहरूको प्रभाव बढी रहेको भन्दै मन्त्रालयभित्रै चर्चा छ । विशेषगरी स्याङ्जा जिल्लासँग जोडिएका कर्मचारीहरूको प्रभाव मन्त्रीको आसपासमा देखिएको छ ।

मन्त्रालयका शाखा अधिकृत सुशील पनेरु, प्रशासनतर्फका उपसचिव भीम बुढा, प्रमुख सहसचिव धोलकराज ढकाल तथा शाखा अधिकृत सञ्जीव नेपाललगायत कर्मचारीको भूमिकामाथि प्रश्न उठाइएको छ । उनीहरू कर्मचारी सरुवा तथा पदस्थापनमा प्रभाव पार्ने कार्यमा संलग्न रही आर्थिक लेनदेनमा पनि सकृय रहेको सिंहदरवारमा चर्चा छ ।

कर्मचारीहरूका अनुसार सरुवा प्रशासनको नियमित प्रक्रिया भए पनि निश्चित समूहको स्वार्थअनुसार कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने, सरुवा भएका कर्मचारीलाई दबाब दिने र मन नपरेका कर्मचारीलाई ‘कटाउने’ अहिले मन्त्रालयमा देखिएको प्रवृत्ति हो ।

civil hospital
Hams Hospitals