मर्ज र कर्मचारी कटौतीले पनि जोगिएन बैंक–वित्तिय संस्था

174
shares

०७८ असार २९ गते नेपाली कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । उनी नेतृत्वको सरकारमा जनार्दन शर्मा अर्थमन्त्री भए । उनी माओवादीनिकट थिए । शर्माले अर्थमन्त्री हुनासाथ बैंक, वित्तिय संस्थाहरु मर्ज गर्ने निर्णय गरे । किनकि उनले संकेत पाइसकेका थिए–बैंक, वित्तिय संस्था संकटमा पर्दैछन् ।

सेयर बैंक, वित्तिय संस्था, इन्स्योरेन्स, हाइड्रोपावरलगायत कम्पनीले प्रकित्तिा एक सय रुपैयाँमा निष्काशन गर्दै आएका छन् । तर, शर्मा अर्थमन्त्री रहेको बेला ०७८ भदौ ३ गते सेयरको मूल्य प्रतिकित्ता ३२ सय ८७ रुपैयाँ पुगेको थियो । झण्डै ३३ सय कित्ता पुगेको सेयर अहिले २५ सयमा झरिसकेको छ ।केही वर्षअघि १६ सयमा झरिसकेको थियो । सेयरको मूल्य घट्ने क्रम जारी छ । केही समयपछि एक सय रुपैयाँ कित्तामा समेत सेयर किनबेच नहुने चर्चा पनि बजारमा छ । पाँच–दश हजार रोपनीमा नबिक्ने खेतीयोग्य, खोला नदी किनार, सार्वजनिक, गुठी, ऐलानी, डाँडाकाँडालगायतका जग्गा प्लटिङ गरेर आनाकै ५० लाखदेखि २० करोडसम्ममा बेचियो ।

काठमाडौंमा ०२१ सालमा सरकारले जग्गा नापी गरेको थियो । त्यसक्रममा सिंहदरबार पछाडि कालिस्थान बाँसघारीमुनि पुतलीसडक, कालिस्थान पिपलबोटअगाडि, घट्टेकुलो, अनामनगर, हनुमानथान, धोवीखोला, बिजुलीबजार, बबरमहल, काठमाडौं सिडिओ कार्यालय दायाँबायाँ, माइतीघर दायाँबायाँ, रामशाहपथस्थित अन्नपूर्ण अस्पताल सञ्चालितसहित आसपासका एरियालाई सरकारी, गुठी र ऐलानीमा राखिएको स्थानीय बुढापाका बताउँछन् ।

उनीहरुका अनुसार हनुमानथान, अनामनगर, कालिथान, सुन्धारा, भोटेबहालमा पोखरी, ढुंगेधारा र मन्दिर थियो । तर, अहिले गायब छ । ०२९ सालसम्म धोवीखोला बगेर सिंहदरबार वा घट्टेकुलो चोकसम्म आइपुग्थ्यो पनि भनिन्छ ।उता, मैत्रीदेवीमा पेट्रोल पम्प सञ्चालितसहित आसपास, गौशाला भण्डारखालस्थित सिफलचौरमुनि कालो र रातो पुलबीचको जमिन, माइती नेपाल आसपास, पिंगलस्थान, विजयचोकलगायतका सरकारी जग्गा पनि व्यक्तिका कब्जामा गएको छ ।

यो त एउटामात्र उदाहरण हो । उपत्यकासहित देशभरिका सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, हदबन्दी बढी, वनजंगल, खोला नदी, राजपरिवारलगायतका जग्गा कब्जा गरेर घरलगायत संरचना ठड्याइएको छ । यतिमात्र होइन, तालतलैया, पोखरी, ढुंगेधारा, इनार, पार्टीपौवा, चौतारा, राजकुलो, टुकुचालगायत सम्पदासमेत मासेर संरचना बनाइएको छ ।काठमाडौंको बुढानीलकण्ठ हुँदै बग्ने खोला चक्रपथ, चुनदेवी, विशालनगर, बालुवाटार, गौरीधारा, लाम्जिपाटको उत्तर ढोकासम्म देखिन्छ । त्यसपछि देखिँदैन, किनकि खोलामाथि जय नेपाल ह लबनेको छ । सो खोला सिधैं राससको कार्यालयअगाडि देखिन्छ अनि थापाथलीमा गएर मिसिन्छ ।

काठमाडौंमा मात्र होइन, देशभर खोला नदी, टुकुचालगायत कब्जा गरेर संरचना निर्माण गरिएको छ । राजनीतिक दल, सरकारी कर्मचारी, कानून व्यवसायी र भूमाफियाहरुको मिलीभगतमा यस्तो भएको हो । यस्ता जग्गा तथा जग्गामा बनेका संरचना धितो राखेर बैंक, वित्तिय संस्थाले खर्बौ कर्जा प्रवाह गरेका छन् । यदि सरकारले आफ्नो सम्पत्ति र सम्पदा खोजी पुनःस्वामित्वमा ल्याउने हो भने ती बैंक, वित्तिय संस्थाको हालत के होला ?

नेपालमा भारत, चीनलगायत देशबाट सवारीसाधन आयात हुँदै आएको छ । त्यहाँ ५० हजारदेखि २० लाखमा बनेका सवारीसाधन अटो शोरुमहरुले सर्वसाधारणलाई अढाई लाखदेखि करोडौंमा बेच्ने गरेका छन् । गाडी फलाम, रबर, फर्म, सिसालगायतबाट बन्छन् । जुन कवाडीले एक रुपैयाँ किलोमा समेत लग्दैनन् । गाडीमा केही गरी आगलागी भएमा फलामबाहेक केही बच्दैन । केही क्षणमै करोडौं लगानी खरानी बन्छ ।

गाडीमा पनि बैंक, वित्तिय संस्थाले खर्बौ ऋण लगानी गरेका छन् । सुन वि.सं. २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ रहेको बुढापाकाहरु बताउँछन् । सोही सुन केही महिनाअघि तोलाकै चार लाखमा किनबेच भयो । सुन धातुमात्र हो, जसको मूल्य जुनसुकै बेला थपघट हुनसक्छ । अनि मूल्य बढ्दा त लाभ होला, घटेमा चाँहि ?

रसुवाको भोटेकोशी हुँदै हालै आएको बाढीले जलविद्युत आयोजनाहरुमा ठूलो क्षति पुर्याएको छ । बाढीले दर्जनौं हाइड्रोपावर बगाउँदा खर्बौको क्षति पुगेको छ । ती जलविद्युतमा बैंक, वित्तिय संस्थाको लगानी छ तर बाढीसँगै लगानी पनि बग्यो । रसुवा बाढीले जलविद्युतमात्र बगेन, बैंक, वित्तिय संस्थामा धितो राखिएका घरलगायत संरचना र ऋणी पनि बगाएको छ । यसले ठूलो वित्तिय संकट निम्तिने जोखिम देखिँदैछ ।

सेयरमा ८३ लाख ६७ हजारले लगानी गरेका छन् । उनीहरुले बैंक, वित्तिय संस्थाबाट कर्जा लिएर सेयर किनेका हुन् । बैंकले मात्र सेयरमा एक खर्ब ६८ अर्ब लगानी गरेको छ । एक सय रुपैयाँ प्रतिकित्ताको सेयरलाई बैंकले २८ सयसम्म कर्जा दिएको पाइन्छ । घरजग्गा धितो राखेर आठ खर्ब र सवारीसाधनमा पनि त्यति नै कर्जा प्रवाह गरेको छ ।घरजग्गा, गाडी, सेयर र सुन विलासित वस्तु हुन् । यसको मूल्य दलाली, भूमाफियाले बढाएका हुन् भनेर बैंक, वित्तिय संस्थाले थाहा पाएनन् कि बुझेर पनि बुज पचाए ? यही क्षेत्रमा लगानी गर्दा सहकारी संस्थाहरुको भागाभाग चल्यो । सहकारीका करोडौं बचतकर्ताको पाँच वर्षदेखि रुवाबासी छ । अब बैंकका बचतकर्ताको पनि सोही हविगत हुने देखिँदैछ ।

घरजग्गा, गाडी र सेयरमा बैंक, वित्तिय संस्था र सर्वसाधारण डुब्नुको कारण राज्य आफैं पनि हो । राजस्वका निम्ति सरकारले यस्ता विलासित वस्तुमा लगानी गर्न प्रोत्साहन गर्यो । सरकार आफैंले जग्गाको मूल्य तोक्यो, त्यो पनि दश गुणा बढी । सरकारले तोकेभन्दा सय गुणा बढीमा घरजग्गा किनबेच भयो । परिणाम आज हामीसामु छ ।व्यक्तिदेखि बैंक, वित्तिय संस्थासम्म डुब्ने अवस्थामा पुगेका छन् । करोडपतिबाट सडकछाप अवस्थामा सर्वसाधारण पुगेका छन् वा पुग्दैछन् भने बैंक, वित्तिय संस्थामा जनताले राखेको निक्षेप खतरामा परेको छ । बैंकबाट २२ लाख, सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख १७ हजारले कर्जा लिएका छन् ।

बैंक, वित्तिय संस्थाले घुस खाएर बचतकर्ताको रकम त जथाभावी लगानी गरे नै सँगै ऋणीसँग तीन प्रतिशत सेवाशुल्क, ८० प्रतिशतसम्म ब्याज असुले । र, तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिहाल्ने । केही वर्षअघिसम्म बैंक, वित्तिय संस्थाबाट ऋणी पीडित भएँ, अब बचतकर्ता र त्यस्ता संस्था आफैं हुने देखिन्छ ।

यो कुरा बैंक, वित्तिय संस्थाले पनि थाहा पाइसकेका छन् । त्यसैले, उनीहरु धमाधम मर्ज हुँदैछन् । शाखा र कर्मचारी कटौती गर्दैछन् । तर, मर्ज र शाखा–कर्मचारी कटौती गरेपनि बैंक, वित्तिय संस्था बच्नसक्ने अवस्था छैन । किनकि घरजग्गा, गाडी र सेयरको मूल्य लगातार घटिरहेको छ ।

civil hospital
Hams Hospitals