होण्डाले ल्यायो ‘यो दशैं, आशाको सुरुवात’ योजना, १ लाख रुपैयाँसम्म जित्ने मौका
वि.सं.२०८३ असोज ११ आइतवार
shares
काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. (पद्म ज्योति ग्रुप) ले ‘यो दशैं, आशाको सुरुवात’ नामक विशेष योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
योजनाको अर्को विशेष पक्ष ‘सहयोगको संकल्प’ रहेको छ। ‘होण्डा छ साथ साथ’ अफरअन्तर्गत हरेक साता सातै प्रदेशबाट एक–एक जना गरी ७ जना भाग्यशाली विजेता छनोट गरिनेछन्। विजेताले जितेको रकम बराबरकै रकम होण्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने कम्पनीले जनाएको छ।
यस व्यवस्थाले ग्राहकलाई नगद पुरस्कार जित्ने अवसरसँगै विपद्मा परेका नागरिकको सहयोगका लागि योगदान गर्ने अवसरसमेत प्रदान गर्ने कम्पनीको भनाइ छ।
त्यसैगरी, ग्राहकलाई थप सुविधा उपलब्ध गराउन अतिरिक्त योजनाअन्तर्गत तीन विकल्प प्रदान गरिएको छ। ग्राहकले आफ्नो आवश्यकता र रोजाइअनुसार:
- १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन
- ७ वर्षसम्म निःशुल्क सर्भिसिङ
- ५ वर्षसम्मको वार्षिक मर्मत सम्झौता
मध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्।
नयाँ बाइक तथा स्कुटर खरिदलाई सहज बनाउन योजनामा फाइनान्स पार्टनरका रूपमा रहेको स्याकार हायर पर्चेज प्रा.लि. मार्फत सहज फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
चाडपर्वको खुसीसँगै सामाजिक उत्तरदायित्वलाई समेत जोडेर ल्याइएको ‘यो दशैं, आशाको सुरुवात’ योजनाले ग्राहकलाई थप सुविधा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका अनुसार योजनामा सहभागी हुँदा नियम तथा सर्तहरू लागू हुनेछन्।






























