होण्डाको दशैं–तिहार अफर : नयाँ कार किन्दा १० लाखसम्म छुट, बीमा र सडक कर निःशुल्क

138
shares

काठमाडौं । नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले ‘FESTIVE OFFER HONDA को सफर’ योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार योजनाअन्तर्गत होण्डाको नयाँ कार खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। साथै, एक आर्थिक वर्षको सडक कर र पूर्ण बीमा निःशुल्क उपलब्ध गराइनेछ।

गाडी खरिदपछिको ग्राहक अनुभवलाई सहज बनाउन कम्पनीले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ तथा एक वर्षसम्म निःशुल्क सडक सहायताको सुविधा पनि ल्याएको छ।

त्यस्तै, पुरानो गाडी साटेर नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकका लागि अन-द-स्पट एक्सचेन्ज सुविधा र आकर्षक एक्सचेन्ज बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ।

नयाँ कार खरिदका लागि आर्थिक सुविधा प्रदान गर्ने उद्देश्यले स्याकार हायर पर्चेज र एनआईसी एशिया बैंकसँगको सहकार्यमा आकर्षक तथा कम ब्याजदरमा फाइनान्सिङ सुविधा समेत उपलब्ध गराइएको छ।

कम्पनीका अनुसार ‘FESTIVE OFFER HONDA को सफर’ योजना सेप्टेम्बर २५, २०२६ देखि नोभेम्बर १६, २०२६ सम्म देशभर रहेका होण्डा कारका शोरुममा लागू हुनेछ। योजनामा नियम तथा सर्तहरू लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

‘Drive a Brighter Tomorrow’ नाराका साथ ल्याइएको योजनामा Honda CR-V, Elevate, City र City e:HEV लगायतका कार समावेश छन्।

कम्पनीले चाडपर्वको अवसरमा आफ्ना ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको जनाएको छ। अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकैको होण्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन्।

civil hospital
Hams Hospitals