अर्घाखाँची सिमेन्ट नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को आधिकारिक साझेदार

290
shares
Nabil bank

 

 

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को आधिकारिक साझेदार बनेको छ । नेपाली क्रिकेटको विकास, नयाँ प्रतिभाको प्रोत्साहन तथा राष्ट्रिय खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यसहित कम्पनीले एनपीएलसँग साझेदारी गरेको हो ।

‘क्रिकेटको अझ बृहत् यात्राका लागि बलियो साझेदारी’ भन्ने सन्देशसहितको यस सहकार्यले नेपाली क्रिकेटप्रतिको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा क्रिकेटप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी नेपाल प्रिमियर लिगले देशभित्रका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटलाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । एनपीएलको तेस्रो सिजनमा आधिकारिक साझेदारका रूपमा जोडिएसँगै अर्घाखाँची सिमेन्टले पनि नेपाली क्रिकेटको विकास र विस्तारमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अर्घाखाँची सिमेन्ट लिमिटेड नेपाली निर्माण क्षेत्रमा परिचित नाम हो । गुणस्तरीय निर्माण सामग्री उत्पादन तथा आपूर्तिमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको कम्पनीले यस साझेदारीलाई खेलकुद क्षेत्रसँगको सम्बन्ध विस्तार गर्ने र नेपाली समुदायसँग थप नजिकिने अवसरका रूपमा लिएको छ ।

खेलकुदले मानिसलाई एकताबद्ध बनाउने, प्रतिस्पर्धात्मक भावना विकास गर्ने र नयाँ सम्भावनाको खोजी गर्न प्रेरित गर्ने विश्वासका साथ कम्पनीले नेपाली क्रिकेटको बढ्दो यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । एनपीएलसँगको यस सहकार्यले क्रिकेटप्रेमी, खेलाडी तथा समग्र खेलकुद क्षेत्रसँग कम्पनीको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा अर्घाखाँची सिमेन्टको आधिकारिक साझेदारीले नेपाली क्रिकेटको लोकप्रियता अभिवृद्धि गर्न, उदीयमान खेलाडीको प्रतिभालाई प्रोत्साहन गर्न तथा घरेलु क्रिकेटको विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास कप्पनीले लिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x