रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

667
shares
Nabil bank

 

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट ज्यान गएको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजेको समयमा बालक घरनजिकैको बाटोमा खेलिरहेका थिए । सोही क्रममा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि बालकको टाउकोमा ढुङ्गाले प्रहार गरेका थिए । आक्रमण गर्ने भक्तबहादुरको मानसिक अवस्था ठीक नभएको बुझिएको छ ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्थानीय पिपल स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल सल्ले पु¥याइएको थियो । तर, उपचारकै क्रममा शुक्रबार राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् ।

घटनालगत्तै ढुङ्गा प्रहार गर्ने भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x