रगत लिन एयरपोर्ट गएको भन्ने रेडक्रस धनुषाको विज्ञप्तिमा प्रश्न, गाडीमा रास्वपा कार्यकर्ता किन कोचिएको छैन जवाफ
वि.सं.२०८३ मंसिर २ बुधवार
shares
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सवारीसाधन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वागत तथा कार्यकर्ता ओसारपसारमा प्रयोग भएको विषय सार्वजनिक भएपछि शाखाले जारी गरेको खण्डनले थप रहस्य खोलेको छ ।
सिंहदरबारन्यूज डटकममा प्रकाशित समाचारको खण्डन गर्दै शाखाले सवारीसाधन अत्यावश्यक सामग्री तथा रक्तसञ्चार सेवासम्बन्धी कामका लागि विमानस्थल गएको दाबी गरेको छ । तर उक्त दाबी र सार्वजनिक गतिविधिबीच देखिएका विरोधाभासले शाखाको स्पष्टीकरणमाथि नै प्रश्न उठाएको छ ।
यदि गाडी रगत वा अत्यावश्यक सामग्री लिन विमानस्थल गएको थियो भने त्यसमा कार्यकर्ता कोचाकोच गरेर किन राखिए भन्ने उत्तर त्याहाँ छैन ।
विभिन्न एयरलाइन्ससँग बुझ्दा रेडक्रस धनुषाको नाममा काठमाडौं हुँदै रगत वा अन्य अत्यावश्यक सामग्री पठाइएको जानकारी नभएको बताइएको छ । शाखाले कुन एयरलाइन्सबाट, कसले पठाएको र कसले बुझेको हो भन्ने विवरण सार्वजनिक गरेको छैन ।
रेडक्रस अध्यक्ष विशाल भण्डारीलाई रास्वपाका नेता मनिष झाले रवि लामिछानेको स्वागतका लागि बोलाएको र संस्थाको गाडी त्यसै प्रयोजनमा प्रयोग भएको रेडक्रसकै एक कर्मचारीले बताएका छन् ।
अध्यक्ष भण्डारी, रवि लामिछाने र मनिष झा एउटै होटलमा बसेको तथा होटलको व्यवस्था पनि भण्डारीले मिलाएको ती कर्मचारीले बताए ।
रेडक्रसको सवारीसाधन मानवीय सेवाका लागि हो, राजनीतिक दलका नेता तथा कार्यकर्ता ओसारपसारका लागि होइन । त्यसैले शाखाले सामान्य खण्डनमा सीमित नभई गाडीको प्रयोग विवरण, यात्रुहरूको पहिचान, विमानस्थलबाट ल्याइएको भनिएको सामग्रीको प्रमाण र होटल व्यवस्थापनसम्बन्धी विषयमा तथ्यसहित जवाफ दिन आवश्यक छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
































