राजनराज शिवाकोटीको गीत ‘फूल बुट्टे सारी’ को कभर गीत वरिष्ट हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा

1.7K
shares

काठमाडौँ– राजनराज शिवाकोटीको गीत ‘फूल बुट्टे सारी’ को कभर गीत वरिष्ट हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठले गाएका छन्। मंगलबार एक कार्यक्रम आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक भएको छ। मदनले स्वर दिएको भिडियोमा मिथिला शर्मा र मदनकृष्णको अभिनय रहेको छ।

 

गीतको शब्द तथा संगीत राजनराज शिवाकोटीले तयार पारेका हुन् भने सञ्जिव बराइलीले एरेञ्ज गरेका छन्। यस्तै यो गीतलाई स्याम श्वेत रसाइलीले मिक्स गरेका हुन्।

 

सार्वजनिक भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन्। यो गीतलाई मोहन गुरुङले उत्पादन गरेका हुन्।

 

गीतलाई यो भन्दा पहिले मार्मिक लामा, मिलन नेवार, अरिष्मा शिवाकोटीको स्वरमा रेकर्ड गरिइसकेको छ। मिलन नेवारले गाएको गीतलाई युट्युबमा ३१ लाख पटक हेरिसकिएको छ।

civil hospital
Hams Hospitals