Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

विश्वविद्यालयले कोदोको रक्सी ब्रान्डिङ गर्दै

2.8K
shares

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्रान्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्रान्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिए ।

ब्रान्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्द तथा उत्पादित मदिरासमेत खेर जाने गरेको छ । विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्रान्डिङको अवधारणा अघि सारिएको हो ।

गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरुप कोदोको रक्सीलाई ब्रान्डिङ गर्न थालिएको रजिस्ट्रार तिमिल्सिनाले बताए । गण्डकी प्रदेशमा कोदोको खेती बढी हुने र घरेलु मदिरासमेत बढी मात्रामा उत्पादन हुँदै आएको छ ।

civil hospital
Hams Hospitals