Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

किन छोड्दै छन् धमाधम पत्रकारले रवि लामिछानेको टीभी ?

3.2K
shares

काठमाडौँ l स्थापनाकालदेखिका पायोनियर प्रमोद न्यौपाने, प्रभात देवकोटालगायतले ग्यालेक्सी–‘फोर के’ टीभीको जागिर छोडेर अर्थ टिभी र एकजना आफ्नै व्यक्तिगत कामको बहाना पारेर छोडिसकेका छन् ।

सातै प्रदेश ब्युरो प्रमुखलाई तिमीहरुको काम भएन भन्दै जागिर छोड्न नियमित दवाब दिइरहन्छन् भन्ने गुनासो पनि रहेको छ । २०७८ माघ १८ गते म्यानेजमेन्टलाई सातै प्रदेशका प्रमुखहरुले भेटेर सबै कुरा स्पष्ट पार्ने र समस्या समाधान नभए राजीनामा दिने योजना बनाएकोपत्रकारहरुले बताएका छन्।

अनि उनीहरुलाई चाहिं सिधाकुरामा लेखेको कुनै मूल्यांकन नहुने न्युज आवरको मात्रै मूल्यांकन हुने भनेर प्रधान सम्पादक प्रशान्त अर्यालले भनिसकेको पत्रकारहरु गुनासो गर्छन् । अनलाइन खबरमा कपी इडटरका रुपमा कार्यरत शिवराज योगी प्राइम न्युज इडिटरका रुपमा नियुक्त भएपनि अहिले सिधाकुराको सम्पादक र “फील इन्द ब्ल्यान्क’’का रुपमा कार्यरत छन् ।अहिले सम्पादकीय नेतृत्वको कुनै न्यू भिजन नभएको भावनाका साथ न्युज आवर डिजाइन गरिएको थियो, त्यसको भावना र मर्म मरिसकेको छ। रिपोर्टिङ चिफ नवराज पान्डे र पोलिटिकल ब्युरो चिफ जितेन्द्र झा आफ्नै रिपोर्टर र ब्युरोका साथी कुन रिपोर्टर कहाँ छन् भन्ने जानकारी हुँदैन भन्ने चर्चा पनि पत्रकारले गर्ने गरेका छन् ।

इकागजबाट ग्यालेक्सी गएका आर्थिक रिपोर्टर पवन तिमिल्सिना ७ महिना पुगेपछि छोड्ने तयारीमा रहेको पत्रकारहरु बताउछन् । पवनको बाध्यता भनेको साथीरुले ६ महिना पनि टिक्दैनस् भनेर साथीरुले सुरुमै जिस्क्याएकाले ७ महिना चाहिं पु¥याउन लागेका हुन् ।

म्यानेजमेन्टले सुरुमा डिल गर्दा हरेक स्टाफका छोराछोरीलाई स्कूल÷कलेज शुल्क तिर्दिने भनेपनि अहिले आएर ओभर टाइम गरेको पैसा समेत दिंदैनन् । त्यो मात्र हैन, दशैंमा खाइपाई आएको तलब बराबरको पेस्की हालेको म्यानेजमेन्टले अर्को महिना न्युनतम बराबरको पेस्की छोडेर बाँकी कटौती गरेको थियो। जस्तै एकजनाको स्यालरी ५० हजार छ भने उसको २५ हजार मात्रै न्युनतम छ भने त्यसको ५० प्रतिशत काटिएको थियो, छ महिना नपुग्नेहरुको हकमा । साँघु साप्ताहिकमा खबर छ l

civil hospital
Hams Hospitals