बलेफी हाइड्रोपावरकाे आइपीओ खुला, यसरी सकिन्छ भर्न

24.2K
shares
Nabil bank

बलेफी हाइड्रोपावरले आज (१० बजे) देखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्राथमिक साधारण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख रुपैयाँ ९७ हजार ७०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन हुने सेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ (साविक गोल्चे, गुम्बा र पाङताङ गाविस)का वासन्दालाई ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको प्रशारण लाइन प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, वलेफी गाउँपालिका वडा नं. १, ३, ६ र ७, तथा सुनकोशी गाउँपालिकाको वडा नं. ७ का वासिन्दालाई ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ ।

कम्पनीको आइपीओमा फागुन १२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

स्थनीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै कुमारी बैंकको जलविरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइपीओ ४ प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँदछ ।

बलेफी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १८ लाख २७ हजार ९७० कित्ता सेयर जारी गर्ने भएको हो । आयोजना प्रभावितलाई सेयर वितरण गरिसकेपछि कम्पनीले सर्वसाधरणलाई सेयर जारी गर्नेछ ।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगलको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड हुने जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x