बहुप्रतिक्षित फोर्स गुर्खाको बुकिङ खुला

24.7K
shares
Nabil bank

काठमाडौँ । भारतीय बजारमा अत्याधिक रुचाइएको र नेपाली बजारमा चासोको विषय बनेको बहुप्रतिक्षित फोर्स गुर्खाको बुकिङ खुला भएको छ ।

फोर्स मोटर्सको नेपालका लागि आधिकारिक आयतकर्ता हिमालय अर्गनाइजेशनअन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले फोर्स गुर्खा आयात तथा विक्री गर्ने गरी लामो समयको प्रतिक्षापछि नेपाली बजारमा फोर्स गुर्खा आएको हो ।

विशेषतः अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ ।

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडि र पछाडि दुबै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै बाटोमा पनि उपयुक्त रहेको छ ।

साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग,एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्षक फिचर रहेका छन ।

फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् ।

थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे रहेको छ । यस जिपमा ठुलो सिङ्गल विईन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ ।

कम्पनीको उक्त जिपको सुरुवाती मुल्य रु ७८ लाख ९९ हजार कायम गरेको छ । साथै यो मूल्य केही समयको लागि मात्र लागू हुने समेत कम्पनीले जानकारी गराएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x